नक्कली भुटानी शरणार्थी प्रकरण: सीआईबीको पूरक अनुसन्धान सुरु

Author

सजिलो पत्रिका

२०८२ असोज १३, सोमबार

22
Share
Featured
  • राजनीतिक दबाबका कारण रोकिएको नक्कली भुटानी शरणार्थी प्रकरणमा सीआईबीले गृहमन्त्री ओमप्रकाश अर्यालको निर्देशनपछि पुनः अनुसन्धान सुरु गरेको छ।
  • नयाँ पूरक अनुसन्धानमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाका सालो भूषण राणा पनि घेरामा परेका छन्, जसको बयान अघिल्लो पटक एकपटक मात्र लिइएको थियो।
  • यसअघि नै ३० जनाविरुद्ध मुद्दा दायर भइसकेको प्रकरणलाई प्रभावकारी बनाउन एआईजी मनोजकुमार केसीलाई सीआईबीमा पुनः ल्याइएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ। 

लामो समयदेखि राजनीतिक दबाबका कारण अधुरो रहेको नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पुनः अनुसन्धान सुरु गरेको छ। गृहमन्त्री ओमप्रकाश अर्यालले सीआईबी निरीक्षणका क्रममा राजनीतिक आग्रहमा रोकिएका कतिपय मुद्दा पुनः अघि बढाउन निर्देशन दिएपछि यो अनुसन्धान फेरि सक्रिय भएको हो।

पुनः सुरु भएको पूरक अनुसन्धानको घेरामा नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेर बहादुर देउबाका सालो तथा निवर्तमान परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाका भाइ भूषण राणा पनि परेका छन्। प्रहरीका अनुसार, उनीसँग यसअघि एकपटक मात्रै बयान लिइएको भए पनि त्यसपछिका अनुसन्धानहरू उच्च राजनीतिक दबाबका कारण रोकिएका थिए।

यसअघि नै यो प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहसचिव टेकनारायण पाण्डेसहित ३० जनाविरुद्ध ठगी, किर्ते र संगठित अपराधसम्बन्धी मुद्दा दायर भइसकेको छ। तर, नयाँ अनुसन्धानसँगै राजनीतिक प्रभावका कारण ओझेलमा परेका केही पात्र फेरि कानुनी घेरामा आउनसक्ने संकेत देखिएको छ।

यस घटनाको अनुसन्धानलाई थप प्रभावकारी बनाउनका लागि एआईजी मनोजकुमार केसीलाई पुनः सीआईबीमा ल्याइएको छ। यो कदमले नक्कली भुटानी शरणार्थी प्रकरणको सत्यतथ्य बाहिर ल्याउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।

यो समाचारमा

शेर बहादुर देउबाओमप्रकाश अर्यालकाठमाडौँनेपाली काँग्रेस
आरजु राणा देउवा4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    ‘जुलाई’मा औसतभन्दा कम वर्षा

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागले ‘जुलाई’ महिनामा  देशभर औसतभन्दा कम वर्षा मापन भएको जनाएको छ ।जुलाई महिनामा औसत ५५८.८ मिलिमिटर वर्षा हुनुपर्नेमा हालसम्म ३०४.३० मिलिमिटर भएको छ । विभागका अनुसार पछिल्लो २४ घण्टामा देशका ४१४ वर्षा मापन केन्द्रमध्ये ३७२ केन्द्रमा वर्षा भएको छ ।सो अवधिमा नेपालभर औसत ११।७

    Data is loading...

    Loading brands...

    Loading footer...