सन्दीप लामिछानेबारेको गलत समाचारमा कान्तिपुर टेलिभिजनको क्षमा याचना

Author

सजिलो पत्रिका

२०८२ असोज १३, सोमबार

25
Share
Featured
  • कान्तिपुर टिभीले सन्दीप लामिछाने र क्यानबीचको विवाद भन्दै प्रकाशित गलत समाचार हटाउँदै औपचारिक क्षमायाचना गरेको छ।
  • सन्दीपले सामाजिक सञ्जालमार्फत समाचार खण्डन गर्दै प्रमाण देखाउन चुनौती दिएका थिए, जसपछि समर्थकहरूको आलोचना चर्किएको थियो।
  • क्षमायाचनापछि पनि कान्तिपुरका प्रबन्ध निर्देशक कैलाश सिरोहियाले न्यूजरुम नेतृत्वप्रति प्रश्न उठाउँदै व्यक्तिगत रूपमा छानबिन गरिरहेको बताएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ। 

राष्ट्रिय क्रिकेट टोलीका स्टार लेग स्पिनर सन्दीप लामिछानेको बारेमा प्रकाशित एक गलत समाचारलाई लिएर कान्तिपुर टेलिभिजनले क्षमा याचना गर्दै आफ्नो वेबसाइटबाट उक्त समाचार हटाएको छ।

आइतबार कान्तिपुर टिभीको वेबसाइटमा 'वैकल्पिक खेलाडीमा समेत सन्दीपको नाम किन राखिएन ?' शीर्षकमा एउटा समाचार प्रकाशित भएको थियो। उक्त समाचारमा लामिछानेले युनिटी कपअन्तर्गत वेस्ट इन्डिजविरुद्धको पहिलो टी-२० आई खेल नखेल्नुको कारण नेपाल क्रिकेट संघ (क्यान) सँगको विवाद रहेको दाबी गरिएको थियो। समाचारमा स्रोतलाई उद्धृत गर्दै सन्दीपले राष्ट्रिय टिमको मुख्य प्रायोजक नासा सेक्युरिटिजको नाम र लोगो अंकित जर्सी लगाउन अस्वीकार गरेको र छुट्टै सम्झौताको माग गरेकाले नखेलेको उल्लेख थियो।

कान्तिपुरले यस्तो समाचार लेखेपछि आइतबार नै सन्दीप लामिछानेले सामाजिक सञ्जालमार्फत खण्डन गरेका थिए। उनले कान्तिपुर टिभीको विश्वसनीयतामाथि प्रश्न उठाउँदै समाचारको प्रमाण पेश गर्न चुनौती दिएका थिए। उनले नासा सेक्युरिटिजको लोगो अष्ट्रेलिया सिरिज र अन्य खेलहरूमा पनि लगाएको उल्लेख गर्दै क्यानसँगको विषय व्यक्तिगत भए पनि त्यसलाई लिएर 'हावामा समाचार' लेखिएकोमा आपत्ति जनाएका थिए।

सन्दीपको खण्डन र क्रिकेट समर्थकहरूको चर्को आलोचनापछि कान्तिपुर टेलिभिजनले आज आफ्नो वेबसाइटमा समाचारप्रति क्षमायाचना गरेको छ। कान्तिपुरले आफ्नो क्षमा याचनामा भनेको छ, "‘वैकल्पिक खेलाडीमा समेत सन्दीपको नाम किन राखिएन’ शीर्षकमा आइतबार कान्तिपुर टिभीको वेबसाइटमा प्रकाशित समाचारको स्वतन्त्र पुष्टि हुन नसकेकोमा हामी क्षमाप्रार्थी छौं। आधिकारिक स्रोतहरुबाट प्राप्त जानकारीले समाचारमा उल्लेखित विषय पुष्टि हुन नसकेको हो। हामीले लेखेको समाचारबाट पर्न गएको असुविधाका लागि हामी क्षमाप्रार्थी छौं। साथै आगामी दिनमा थप सजगता अपनाउँदै तथ्यपरक समाचार लेख्ने प्रतिबद्धता जाहेर गर्दछौँ।"

यद्यपि, कान्तिपुरका प्रबन्ध निर्देशक कैलाश सिरोहिया यो क्षमायाचनाबाट मात्रै सन्तुष्ट देखिएनन्। उनले फेसबुकमा स्टाटस लेख्दै आफ्नो न्यूजरुमको नेतृत्वप्रति गम्भीर प्रश्न उठाएका छन्। यो समाचारका विषयमा आफूले व्यक्तिगत स्तरबाट छानबिन गरिरहेको समेत उनको भनाइ छ।

हाल उक्त समाचारको लिंकमा क्लिक गर्दा '404 Page Not Found' सन्देश देखा पर्छ, जसले समाचार हटाइएको पुष्टि गर्छ। सन्दीपले सामाजिक सञ्जालमार्फत गरेको खण्डनको आधारमा कान्तिपुरले 'नासा सेक्युरिटिजका कारण युनिटी कपको पहिलो खेल गुमाएको हैन' शीर्षकको समाचार पनि हटाएको छ।


यो समाचारमा

काठमाडौँसन्दीप लामिछानेनेपाल क्रिकेट संघ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    ‘जुलाई’मा औसतभन्दा कम वर्षा

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागले ‘जुलाई’ महिनामा  देशभर औसतभन्दा कम वर्षा मापन भएको जनाएको छ ।जुलाई महिनामा औसत ५५८.८ मिलिमिटर वर्षा हुनुपर्नेमा हालसम्म ३०४.३० मिलिमिटर भएको छ । विभागका अनुसार पछिल्लो २४ घण्टामा देशका ४१४ वर्षा मापन केन्द्रमध्ये ३७२ केन्द्रमा वर्षा भएको छ ।सो अवधिमा नेपालभर औसत ११।७

    Data is loading...

    Loading brands...

    Loading footer...