प्रधानमन्त्री कार्कीको मन्त्रिपरिषद् विस्तारमा 'होल्ड', शपथको तयारी २ बजे

Author

सजिलो पत्रिका

२०८२ असोज ०६, सोमबार

16
Share
Featured
  • प्रधानमन्त्री सुशीला कार्कीले पाँच मन्त्री नियुक्तिका लागि सिफारिस गरेकी छन्, तर राष्ट्रपति कार्यालयले नामहरूलाई अहिले 'होल्ड' मा राख्न निर्देशन दिएको छ।
  • शपथ समारोहका लागि दिउँसो २ बजेको समय तोकिएको भए पनि नाम परिवर्तन हुन सक्ने सम्भावना छ।
  • मन्त्री सिफारिसमा स्वास्थ्य, शिक्षा, आविष्कार, सञ्चार र राज्य पुन:संरचना क्षेत्रका प्रतिनिधिहरू समावेश छन्, तर जेनजी आन्दोलनकारीको प्रतिनिधित्व र आधिकारिक मान्यता विवादका कारण निर्णयमा अन्योल देखिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ। 

प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेकी छन्। उनले हिजो पाँच जनाको नाम राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेकी थिइन्।

राष्ट्रपति कार्यालयले सोही अनुसार नियुक्तिको तयारी गरे पनि पठाइएका नामहरूलाई अहिले 'होल्ड' मा राख्न भनिएको राष्ट्रपतिको सचिवालय स्रोतले नेपाल प्रेसलाई बताएको छ। यद्यपि, शीतल निवासले शपथ समारोहका लागि दिउँसो २ बजेको समय तोकेको छ।

सचिवालयका एक सदस्यले भने, "पठाइएका पाँच मन्त्रीका नाम अहिलेलाई होल्डमै राख्न भनिएको छ। शपथ समारोहका लागि व्यवस्थापन गर्नुपर्ने भएकाले समय दिइसकेका छौँ।"

स्वास्थ्य मन्त्रालयकी सचिव संगीता मिश्रा, आविष्कार वैज्ञानिक महावीर पुन, टेलिभिजनकर्मी जगदीश खरेल, पूर्वन्यायाधीश अनिल सिन्हा र तत्कालीन राज्य पुन:संरचना समितिका संयोजक मदन परियारको नाम मन्त्रीका लागि सिफारिस गरिएको बताइएको छ। तर, यी नामहरू परिवर्तन हुन सक्ने भन्दै होल्ड गर्न भनिएको सिंहदरवार स्रोतले जानकारी दिएको छ।

प्रधानमन्त्री कार्कीलाई सरकारमा जेनजी आन्दोलनकारीको प्रतिनिधित्वका लागि दबाब रहेको छ। तर, कसलाई आधिकारिक मान्ने भन्ने विवादका कारण सिंहदरबारमा अन्योल देखिएको छ।

यो समाचारमा

सिंहदरवारकाठमाडौँसुशीला कार्कीमहावीर पुन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत 'समता कर' फिर्ता लिने सरकारको निर्णय

    काठमाडौं । सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाउने घोषणा गरेको ३ प्रतिशत 'समता कर' (समता शुल्क) हटाएको छ। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले अर्थमन्त्री स्वर्णिम वाग्लेसँगको परामर्शपछि हालका लागि यो कर लागू नगर्ने निर्णय भएको जानकारी दिएका हुन्।प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत यो कर कार्यान्वयन गर्दा आम नागरिकले थप आर्थिक भार

    Data is loading...

    Loading brands...

    Loading footer...