काठमाडौं उपत्यका र भक्तपुरका ८ वृत्तमा प्रहरी प्रमुख हेरफेर, ९० डीएसपीको सरुवा

Author

सजिलो पत्रिका

२०८२ असोज ०२, बिहिबार

44
Share
Featured
  • प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले ९० जना डीएसपी सरुवा गर्दै भक्तपुरको १ र काठमाडौंका ७ गरी ८ वटा वृत्तका प्रमुख हेरफेर गरेका छन्।
  • डीएसपी चञ्चला श्रेष्ठ जगाती, प्रह्लाद कार्की भृकुटीमण्डप, धनबहादुर बोहरा मालीगाउँ, नारायण डाँगी दरबारमार्ग, प्रकाश श्रीमल गौशाला, मोहनमणि अधिकारी स्वयम्भू, र सन्तोष रोक्का बौद्धमा सरुवा।
  • सुनिल जंग शाहलाई रानीपोखरी उपत्यका प्रहरी कार्यालय र शुकदेव खनाललाई सीआईबीमा खटाइएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

भक्तपुर र काठमाडौं उपत्यका गरी ८ वटा वृत्तमा प्रमुख हेरफेर गरिएको छ। बुधबार प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले ९० जना प्रहरी नायव उपरीक्षक (डीएसपी) सरुवा गरेका हुन्। सरुवासँगै भक्तपुरको एउटा र काठमाडौंका सात गरी ८ वटा वृत्तका प्रहरी प्रमुख हेरफेर भएका छन्। डीएसपी चञ्चला श्रेष्ठ प्रहरी प्रधान कार्यालयबाट प्रहरी वृत्त जगाती भक्तपुर सरुवा भएकी छन्।

प्रह्लाद कार्कीलाई  नगर प्रहरी कार्यालय भृकुटीमण्डपमा खटाइएको छ। प्रहरी वृत्त मालीगाउँमा धनबहादुर बोहरा सरुवा भएका छन्। त्यहाँ कार्यरत सुनिल जंग शाह उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सरुवा भएका छन्।

प्रहरी वृत्त दरबारमार्गमा नारायण डाँगीलाई खटाइएको छ। प्रहरी वृत्त गौशालामा प्रकाश श्रीमल सरुवा भएका छन्। शुकदेव खनाललाई सीआईबी लगिएको छ। प्रहरी वृत्त स्वयम्भूमा मोहनमणि अधिकारीले जिम्मेवारी पाएका छन्। यस्तै प्रहरी वृत्त बौद्धमा सन्तोष रोक्का लाई खटाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

यो समाचारमा

भक्तपुरकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    बाग्मतीले धार परिवर्तन गर्दा टौदह आसपासका बस्ती जोखिममा, दहको पानी चुहिन थाल्यो

    काठमाडौं । बाग्मती नदीको  कटानले टौदहपूर्वका केही घर  परेका छन् । कीर्तिपुर नगरपालिका-६ स्थित टौदह उपत्यकाको प्रमुख  पर्यटकीय गन्तव्यस्थलमध्ये एक हो । वाग्मतीले विगत दुई वर्षदेखि धार परिवर्तन गरी पश्चिमी किनाराको माटो कटान गर्न थालेपछिटौदहको पूर्व र दक्षिणतर्फका  बस्ती जोखिममा परेका छन् ।टौदहका स्थानीयवासी मिलन खड्काले भने ‘बाग्मती नदीको  कटानले

    Data is loading...

    Loading brands...

    Loading footer...