मन्त्री न्यौपानेको जोड: प्रविधिमैत्री र नागरिक केन्द्रित निजामती सेवा आजको आवश्यकता

Author

सजिलो पत्रिका

२०८२ भदौ २२, आइतबार

27
Share
Featured
  • मन्त्री न्यौपानेले निजामती सेवालाई प्रविधि, डिजिटल प्रणाली र कृत्रिम बौद्धिकता प्रयोगमार्फत छिटो, सरल र पारदर्शी बनाउनुपर्नेमा जोड दिइन्।
  • प्रभावकारी शासनका लागि व्यावसायिक, तटस्थ, पारदर्शी र सेवाग्राहीमैत्री प्रशासन आवश्यक भएको उल्लेख गरिन्।
  • कर्मचारीहरूको निरन्तर सिकाइ, सुधार र सिर्जनशीलतामार्फत नागरिकको विश्वास जित्न सकिने र निजामती सेवा दिवसले राष्ट्रसेवकलाई थप प्रोत्साहित गर्ने विश्वास व्यक्त गरिन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले २२ औं निजामती सेवा दिवस–२०८२ को अवसरमा निजामती सेवालाई प्रविधिमैत्री, नागरिक केन्द्रित र छरितो बनाउनुपर्नेमा जोड दिएकी छिन् । उनले नागरिकलाई छिटो, सरल र पारदर्शी सेवा प्रवाह गर्न डिजिटल प्रविधि, कृत्रिम बौद्धिकता र नवप्रवर्तनशील उपायहरूको अधिकतम उपयोग गर्नुपर्ने बताइन् ।

मन्त्री न्यौपानेका अनुसार, व्यावसायिक र तटस्थ निजामती सेवा बिना कुनै पनि राष्ट्रको शासन पद्धति प्रभावकारी हुन सक्दैन । निजामती सेवाले सरकारलाई नीति निर्माणमा सहयोग गर्नुका साथै त्यसको कार्यान्वयन, सेवा प्रवाह र विकास व्यवस्थापनमा समेत महत्वपूर्ण भूमिका खेल्ने उनले उल्लेख गरिन् ।

"सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा दिगो शान्ति, सुशासन, विकास र समृद्धि हासिल गर्न सक्षम, पारदर्शी, जवाफदेही र सेवाग्राहीमैत्री प्रशासन अपरिहार्य हुन्छ," मन्त्री न्यौपानेले भनिन्, "त्यसैले, निजामती सेवाले प्रविधिमैत्री, नागरिक केन्द्रित र छरितो सेवा प्रणालीमार्फत नागरिकलाई छिटो, सरल र पारदर्शी सेवा दिनु अनिवार्य बनेको छ ।"

उनले कर्मचारीहरूको क्षमता अभिवृद्धि, व्यावसायिकता, निरन्तर सिकाई र सुधारमार्फत नागरिकको विश्वास जित्न सकिने बताएकी छिन् । राज्यप्रति जिम्मेवार, सदाचारयुक्त, परिणाममुखी र सिर्जनशील प्रशासनिक संरचना निर्माण आजको आवश्यकता भएको उनको भनाइ छ । मन्त्री न्यौपानेले निजामती सेवा दिवसले सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरूलाई देश र जनताको सेवामा थप प्रोत्साहित गर्ने विश्वास व्यक्त गर्दै शुभकामना व्यक्त गरिन् ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    ‘जुलाई’मा औसतभन्दा कम वर्षा

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागले ‘जुलाई’ महिनामा  देशभर औसतभन्दा कम वर्षा मापन भएको जनाएको छ ।जुलाई महिनामा औसत ५५८.८ मिलिमिटर वर्षा हुनुपर्नेमा हालसम्म ३०४.३० मिलिमिटर भएको छ । विभागका अनुसार पछिल्लो २४ घण्टामा देशका ४१४ वर्षा मापन केन्द्रमध्ये ३७२ केन्द्रमा वर्षा भएको छ ।सो अवधिमा नेपालभर औसत ११।७

    Data is loading...

    Loading brands...

    Loading footer...