आज प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

Author

सजिलो पत्रिका

२०८२ भदौ १८, बुधबार

12
Share
Featured
  • प्रतिनिधिसभाको बैठक आज नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्नेछ।
  • सभामुखले राष्ट्रपति र प्रधानमन्त्रीको कार्यालयबाट प्राप्त कार्यभारबारे जानकारी गराउनेछन्।
  • विभिन्न विधेयकहरूमाथि छलफल र प्रस्ताव पेस हुने कार्यसूची रहेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

सङ्घीय संसद् प्रतिनिधि सभाको बैठक आज अपराह्न १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने भएको छ। बैठकको कार्यसूचीअनुसार सभामुखले राष्ट्रपतिको कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्र पढेर सुनाउने छन्। 

प्रतिनिधिसभाका सचिव हर्कराज राईले राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको ‘जलस्रोत विधेयक’ टेबुल गर्नेछन्। त्यस्तै, कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले ‘नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

यस्तै, गृहमन्त्री रमेश लेखकले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ माथि राष्ट्रिय सभाबाट भएको संशोधनबारे विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ।

यससँगै सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि आज बस्ने भएको छ। सो समितिमा आव २०८१/८२ को वार्षिक प्रतिवेदन र आव २०८२८३ को वार्षिक कार्य योजनाको मस्यौदामाथि छलफल हुने कार्यक्रम रहेको छ।

यो समाचारमा

रामनाथ अधिकारीरमेश लेखकप्रतिनिधि सभाराष्ट्रिय सभा
काठमाडौँ4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    बागमती सरकारबाट बाहिरिँदै एमाले, ६ मन्त्रीले सोमबार सामूहिक राजीनामा दिने

    काठमाडौं । बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै नेकपा एमाले सरकारबाट बाहिरिने भएको छ। यस विषयमा औपचारिक निर्णय गर्न र आगामी रणनीति तय गर्न आइतबार काठमाडौँमा एमाले बागमती प्रदेश संसदीय दलको बैठक बसिरहेको छ।एमालेले शनिबार नै मुख्यमन्त्री इन्द्र बहादुर बानियाँलाई सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णयबारे जानकारी गराइसकेको छ।

    Data is loading...

    Loading brands...

    Loading footer...