इम्बोस्ड नम्बर प्लेटबारे सरकारको स्पष्ट अडान: निर्णयबाट पछि हट्ने अवस्था छैन -मन्त्री दाहाल

Author

सजिलो पत्रिका

२०८२ भदौ ११, बुधबार

50
Share
Featured
  • सरकारले असोज १ गतेदेखि सवारीसाधन दर्ता, नामसारी र नवीकरणमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णय कायम राख्ने स्पष्ट गरेको छ।
  • अदालतले अङ्ग्रेजी लिपि प्रयोगको पक्षमा निर्णय गरिसकेको र शुल्क सम्बन्धी आलोचना भए पनि हाल पुनर्विचारको अवस्था नरहेको मन्त्री दाहालको भनाइ छ।
  • मोटरसाइकलदेखि ठूला सवारीसम्म इम्बोस्ड प्लेटको शुल्क रु २,५०० देखि ३,६०० सम्म तोकिएको छ, र सवारीधनीलाई शीघ्र जडान गर्न आग्रह गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

सरकारले सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णयबाट पछि नहट्ने स्पष्ट अडान लिएको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यो निर्णय यातायात क्षेत्रको डिजिटलाइजेसन को आवश्यक हिस्सा भएको दाबी गर्दै विवादको समाधान अदालतबाट भइसकेको बताएका छन्।

"हामीले निर्णय गरिसक्यौं। अहिले नै पुनर्विचार हुने अवस्था छैन," मन्त्री दाहालले बताए। उनका अनुसार साउन २० गते बसेको बैठकले निर्णय गरिसकेको र असोज १ गते देखि यातायात दर्ता, नामसारी र नवीकरणका क्रममा इम्बोस्ड नम्बर प्लेट अनिवार्य रूपमा जडान गर्नुपर्नेछ।

इम्बोस्ड प्लेटको लिपि चयनमा उठेका विवादबारे बोल्दै दाहालले अदालतले अङ्ग्रेजी लिपि प्रयोगको पक्षमा निर्णय गरिसकेको उल्लेख गर्दै भने,"यो विषय सदन र अदालत दुबैमा उठिसकेको हो। अदालतले रिट खारेज गरिसकेको छ।"

उनले अङ्ग्रेजीलाई अन्तर्राष्ट्रिय भाषा भन्दै अधिकांश देशमा प्रयोग हुँदै आएको पनि तर्क गरे। हाल मोटरसाइकलका लागि रु २,५००, तीनपाङ्ग्रे सवारीका लागि रु २,९००, कार/भ्यानका लागि रु ३,२००, र ठूला सवारीका लागि रु ३,६०० शुल्क निर्धारण गरिएको छ।

शुल्क महँगो भएको भन्दै आएको आलोचनाप्रति प्रतिक्रिया दिँदै मन्त्री दाहालले भने,"शुल्कको विषयमा मन्त्रालय एक्लैले निर्णय गर्न सक्दैन। यो सरकारले गर्ने निर्णय हो। महसुस गरेमा पुनर्विचार हुन सक्नेछ, तर अहिले तत्काल हुने अवस्था छैन।"

सरकारले विसं २०८० वैशाख मा राजपत्रमार्फत अक्षर र अंक देवनागरी, अङ्ग्रेजी वा मिश्रित लिपिमा राख्न सकिने व्यवस्था गरे पनि कार्यान्वयनमा भने अङ्ग्रेजीलाई प्राथमिकता दिइएको छ। यातायात व्यवस्था विभागले सवारीधनीहरूलाई इम्बोस्ड नम्बर प्लेट यथाशीघ्र जडान गर्न अनुरोध गरिरहेको छ।

यो समाचारमा

देवेन्द्र दाहालकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    ‘जुलाई’मा औसतभन्दा कम वर्षा

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागले ‘जुलाई’ महिनामा  देशभर औसतभन्दा कम वर्षा मापन भएको जनाएको छ ।जुलाई महिनामा औसत ५५८.८ मिलिमिटर वर्षा हुनुपर्नेमा हालसम्म ३०४.३० मिलिमिटर भएको छ । विभागका अनुसार पछिल्लो २४ घण्टामा देशका ४१४ वर्षा मापन केन्द्रमध्ये ३७२ केन्द्रमा वर्षा भएको छ ।सो अवधिमा नेपालभर औसत ११।७

    Data is loading...

    Loading brands...

    Loading footer...