भियतनामकी उपराष्ट्रपति सुआन स्वदेश फिर्ता

Author

सजिलो पत्रिका

२०८२ भदौ १०, मङ्गलबार

30
Share
Featured
  • भियतनामकी उपराष्ट्रपति भो थि आन सुआन उपराष्ट्रपति रामसहायप्रसाद यादवको निमन्त्रणामा नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन्।
  • भ्रमणका क्रममा उनले राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्रमन्त्री तथा उपराष्ट्रपतिसँग प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता गरेकी छन्।
  • नेपाल–भियतनाम कूटनीतिक सम्बन्धको ५०औँ वर्षगाँठका अवसरमा सम्पन्न यो भ्रमण भियतनामको तर्फबाट नेपालको पहिलो उच्चस्तरीय भ्रमण हो, जसलाई विशेष महत्व दिइएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआन नेपालको तीनदिने औपचारिक भ्रमण पूरा गरी आज मध्यरात स्वदेश फिर्ता भएकी छन्। उनी उपराष्ट्रपति राम सहाय प्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल भ्रमणमा आएकी हुन्।

उपराष्ट्रपति सुआनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे र परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले बिदाइ गरे। बिदाइअघि उनले नेपाली सेनाले प्रदान गरेको 'गार्ड अफ अनर'को निरीक्षण गरेकी थिइन्।

भदौ ७ गते नेपाल भ्रमणमा आएकी उपराष्ट्रपति सुआनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली र परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासँग भेटवार्ता गरिन्। यस्तै, उनले उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता गरेकी थिइन्।

भियतनामको तर्फबाट नेपालमा भएको यो पहिलो उच्चस्तरीय भ्रमण हो। यस वर्ष नेपाल र भियतनामबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्षगाँठसमेत परेकाले यस भ्रमणलाई विशेष महत्वका साथ हेरिएको छ।

यो समाचारमा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकाठमाडौँखड्गप्रसाद शर्मा ओलीराम सहाय प्रसाद यादव
नेपाल7 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    ‘जुलाई’मा औसतभन्दा कम वर्षा

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागले ‘जुलाई’ महिनामा  देशभर औसतभन्दा कम वर्षा मापन भएको जनाएको छ ।जुलाई महिनामा औसत ५५८.८ मिलिमिटर वर्षा हुनुपर्नेमा हालसम्म ३०४.३० मिलिमिटर भएको छ । विभागका अनुसार पछिल्लो २४ घण्टामा देशका ४१४ वर्षा मापन केन्द्रमध्ये ३७२ केन्द्रमा वर्षा भएको छ ।सो अवधिमा नेपालभर औसत ११।७

    Data is loading...

    Loading brands...

    Loading footer...