मन्त्री उपत्यकाबाहिर रहने भएपछि निजामती विधेयकमाथिको छलफल रोकियो, अब ११ गते हुने

Author

सजिलो पत्रिका

२०८२ भदौ ०८, आइतबार

31
Share
Featured
  • सरोकारवाला मन्त्री उपत्यकाबाहिर रहने भएकाले राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा चलिरहेको संघीय निजामती सेवा विधेयकमाथिको छलफल चार दिनका लागि रोकिएको छ।
  • विधेयकमाथि पछिल्लो छलफल भदौ ६ गते भएको थियो, अब अर्को छलफल भदौ ११ गते मात्रै हुने तय भएको छ।
  • समितिले अन्य कार्य जारी राख्नेछ, र भदौ ८ गते ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक, २०८१’ माथि छलफल गर्ने कार्यक्रम रहेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा दफावार छलफल भइरहेको सङ्घीय निजामती सेवा विधेयक, २०८० माथिको छलफल चार दिनका लागि स्थगित भएको छ। सरोकारवाला मन्त्री उपत्यकाबाहिर रहने भएपछि ‘समयको चाप’ बीच चलिरहेको महत्वपूर्ण विधेयकको छलफल पर धकेलिएको हो।

समितिकी सभापति तुलसाकुमारी दाहालका अनुसार, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले भदौ ८ र ९ गते आफू काठमाडौं उपत्यकाबाहिर रहने जानकारी गराएपछि निजामती विधेयकमाथिको छलफल रोकिएको हो।

विधेयकमाथि पछिल्लो पटक भदौ ६ गते शुक्रबार छलफल भएको थियो। अब अर्को छलफल भदौ ११ गते मात्रै हुने तय भएको छ।

यद्यपि, समितिले आफ्नो काम भने रोक्ने छैन। सङ्घीय संसद् सचिवालयका अनुसार, भदौ ८ गते आइतबार समितिको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ माथि छलफल हुने कार्यसूची रहेको छ।-गोरखापत्रबाट

यो समाचारमा

राष्ट्रिय सभाकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    बाग्मतीले धार परिवर्तन गर्दा टौदह आसपासका बस्ती जोखिममा, दहको पानी चुहिन थाल्यो

    काठमाडौं । बाग्मती नदीको  कटानले टौदहपूर्वका केही घर  परेका छन् । कीर्तिपुर नगरपालिका-६ स्थित टौदह उपत्यकाको प्रमुख  पर्यटकीय गन्तव्यस्थलमध्ये एक हो । वाग्मतीले विगत दुई वर्षदेखि धार परिवर्तन गरी पश्चिमी किनाराको माटो कटान गर्न थालेपछिटौदहको पूर्व र दक्षिणतर्फका  बस्ती जोखिममा परेका छन् ।टौदहका स्थानीयवासी मिलन खड्काले भने ‘बाग्मती नदीको  कटानले

    Data is loading...

    Loading brands...

    Loading footer...