
काठमाडौँ।राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा दफावार छलफल भइरहेको सङ्घीय निजामती सेवा विधेयक, २०८० माथिको छलफल चार दिनका लागि स्थगित भएको छ। सरोकारवाला मन्त्री उपत्यकाबाहिर रहने भएपछि ‘समयको चाप’ बीच चलिरहेको महत्वपूर्ण विधेयकको छलफल पर धकेलिएको हो।समितिकी सभापति तुलसाकुमारी दाहालका अनुसार, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले भदौ ८ र...