सामाजिक सुरक्षा कोषको अनलाइन सेवा आज र भोलि अवरुद्ध हुने

Author

सजिलो पत्रिका

२०८२ भदौ ०५, बिहिबार

25
Share
Featured
  • सामाजिक सुरक्षा कोषको अनलाइन सेवा आज (बिहीबार) र भोलि (शुक्रबार) मर्मतका कारण तोकिएको समयका लागि बन्द रहनेछ।
  • बिहीबार ३ बजेदेखि ६ बजेसम्म र शुक्रबार २ बजेदेखि ५ बजेसम्म सबै अनलाइन सेवा अवरुद्ध हुने सूचनामा उल्लेख छ।
  • मर्मत कार्य समयभन्दा अगाडि सकिएमा सेवा पुनः सुरु गरिने र असुविधाप्रति क्षमा मागिएको कोषले जनाएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

सामाजिक सुरक्षा कोषले प्रदान गर्ने अनलाइन सेवाहरू आज (बिहीबार) र भोलि (शुक्रबार) गरी दुई दिन निश्चित समयका लागि अवरुद्ध हुने भएका छन्। कोषले आफ्नो सूचना प्रणालीको मर्मत तथा परीक्षण (डीसी-डीआर ड्रिल) गर्न लागेकाले सेवा प्रभावित हुने भएको हो।

कोषले बिहीबार एक सूचना जारी गर्दै यसबारे जानकारी दिएको हो। सूचनाअनुसार, आज (बिहीबार) दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म र भोलि (शुक्रबार) दिउँसो २ बजेदेखि साँझ ५ बजेसम्म कोषको अनलाइन प्रणालीबाट प्रवाह हुने सम्पूर्ण सेवाहरू बन्द रहनेछन्।

यद्यपि, तोकिएको समयभन्दा अगाडि नै मर्मत कार्य सम्पन्न भएमा सेवा पुनः सञ्चालन हुन सक्ने पनि कोषले जनाएको छ। सेवा अवरुद्ध हुँदा सेवाग्राहीमा पर्न जाने असुविधाप्रति कोषले क्षमा मागेको छ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    लाइसेन्सका लागि अब तोकिएकै क्लिनिक धाउनु नपर्ने, जुनसुकै दर्तावाल चिकित्सकको रिपोर्ट चल्ने

    काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्राप्त गर्नका लागि गरिने स्वास्थ्य परीक्षणमा रहेको 'सिण्डिकेट' अन्त्य गर्दै सरकारले नयाँ व्यवस्था कार्यान्वयनमा ल्याउन पहल सुरु गरेको छ। यातायात व्यवस्था विभागले अब नेपाल मेडिकल काउन्सिलमा दर्ता भई इजाजत प्राप्त गरेका जुनसुकै चिकित्सकले प्रदान गरेको स्वास्थ्य परीक्षण प्रमाणपत्रलाई मान्यता दिने निर्णय गरेको हो।विभागका सवारी

    Data is loading...

    Loading brands...

    Loading footer...