संस्थागत क्षमता स्वमूल्याङ्कनमा उत्कृष्ट ६ पालिका सम्मानित हुने, सूचीमा को-को परे?

Author

सजिलो पत्रिका

२०८२ भदौ ०४, बुधबार

30
Share
Featured
  • संघीय सरकारले लिसा मूल्याङ्कनमा उत्कृष्ट प्रदर्शन गर्ने तीन नगरपालिका र तीन गाउँपालिकालाई भदौ ६ गते सम्मान गर्ने भएको छ।
  • सम्मान समारोहमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले सम्मान प्रदान गर्नुहुनेछ।
  •  सोही कार्यक्रममा स्थानीय शासन कार्यसम्पादन मूल्याङ्कन प्रणाली को पनि औपचारिक शुभारम्भ गरिनेछ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

सङ्घीय सरकारले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिसा) मा उत्कृष्ट नतिजा ल्याउने ६ वटा स्थानीय तहलाई सम्मान गर्ने भएको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ को मूल्याङ्कनमा सबैभन्दा बढी अङ्क प्राप्त गर्ने पालिकालाई आगामी भदौ ६ गते सम्मान गर्ने तयारी गरेको हो।

मन्त्रालयका अनुसार सम्मानित हुने पालिकाहरूमा तीन नगरपालिका र तीन गाउँपालिका रहेका छन्। नगरपालिकातर्फ चितवनको खैरहनी नगरपालिका, रुपन्देहीको तिलोत्तमा नगरपालिकाधादिङको निलकण्ठा नगरपालिका उत्कृष्ट घोषित भएका छन्। त्यसैगरी, गाउँपालिकातर्फ स्याङग्जाको अर्जुनचौपारी गाउँपालिका, धादिङको बेनीघाट रोराङ्ग गाउँपालिकागुल्मीको रुरुकक्षेत्र गाउँपालिकाले उच्चतम अङ्क हासिल गरेका छन्।

मन्त्रालयले भदौ ६ गते आयोजना गर्ने विशेष कार्यक्रममा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले उत्कृष्ट पालिकाहरूलाई सम्मान  गर्ने छिन्। सोही कार्यक्रममा "स्थानीय शासन कार्यसम्पादन मूल्याङ्कन प्रणाली" को समेत शुभारम्भ गरिने मन्त्रालयले जनाएको छ।

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिसा) स्थानीय तहहरूको कार्यसम्पादन, सुशासन र क्षमताको मूल्याङ्कन गर्ने एक महत्त्वपूर्ण औजार मानिन्छ।

यो समाचारमा

निलकण्ठा नगरपालिकाधादिङरुपन्देहीतिलोत्तमा नगरपालिका
रुरुकक्षेत्र गाउँपालिका12 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    ‘जुलाई’मा औसतभन्दा कम वर्षा

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागले ‘जुलाई’ महिनामा  देशभर औसतभन्दा कम वर्षा मापन भएको जनाएको छ ।जुलाई महिनामा औसत ५५८.८ मिलिमिटर वर्षा हुनुपर्नेमा हालसम्म ३०४.३० मिलिमिटर भएको छ । विभागका अनुसार पछिल्लो २४ घण्टामा देशका ४१४ वर्षा मापन केन्द्रमध्ये ३७२ केन्द्रमा वर्षा भएको छ ।सो अवधिमा नेपालभर औसत ११।७

    Data is loading...

    Loading brands...

    Loading footer...