काठमाडौंमा ४ लाखको सिक्री लुट्ने दुई युवक पक्राउ

Author

सजिलो पत्रिका

२०८२ साउन ११, आइतबार

56
Share
Featured
  • काठमाडौंको माछापोखरीबाट एक महिलाको सुनको सिक्री लुटेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
  • तारकेश्वर नगरपालिका–८ निवासी २१ वर्षीय कौशल बस्नेत र २६ वर्षीय मिलन तामाङलाई प्रहरीले सोही राति पक्राउ गरेको छ।
  • सूचना पाएपछि तत्काल कारबाही थालेको प्रहरीले लुटपाटमा संलग्न दुबैलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

काठमाडौंको माछापोखरीबाट एक महिलाको सुनको सिक्री लुटेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा तारकेश्वर नगरपालिका-८, जरङ्खु बस्ने २१ वर्षीय कौशल बस्नेत र सोही ठाउँका २६ वर्षीय मिलन तामाङ रहेका छन्।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपीलराज बोहराका अनुसार, उनीहरुले शनिबार साँझ करिब ४ लाख ३८ हजार रुपैयाँ बराबरको सिक्री लुटेका थिए। घटनाको जानकारी पाएलगत्तै खोजीमा जुटेको प्रहरीले उनीहरुलाई सोही राति माछापोखरीबाटै पक्राउ गरेको हो। पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो समाचारमा

तारकेश्वर नगरपालिकाकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नक्कली भुटानी शरणार्थी मुद्दामा पूर्वमन्त्री रायमाझीलाई चार वर्ष र खाणलाई दुई वर्ष कैद सजाय

    काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई चार वर्ष कैद सजाय तोकिएको छ । जिल्ला अदालत काठमाडौँले आज चार वर्ष कैद सजाय र ४० हजार रुपैयाँ जरिवाना तोकेको हो ।न्यायाधिश तेजबहादुर खड्काको इजलासले सुनाएको सजाय आदेशअनुसार पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय र २० हजार रुपैयाँ जरिवाना

    Data is loading...

    Loading brands...

    Loading footer...