वैदेशिक रोजगारीको नाममा ९३ लाख ठगी गर्ने ५ जना पक्राउ

Author

सजिलो पत्रिका

२०८२ साउन ०९, शुक्रबार

30
Share
Featured
  • जर्मनी, कोरिया, ग्रीस जस्ता देश पठाइदिने प्रलोभन देखाएर ९३ लाख रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा ५ जना पक्राउ परेका छन्।
  • आरोपीहरूले १६ जनाभन्दा बढी व्यक्तिलाई आकर्षक तलबको लोभ देखाई रकम असुलेर सम्पर्कविहीन भएका थिए।
  •  काठमाडौं र ललितपुरबाट पक्राउ परेका सबैलाई वैदेशिक रोजगार विभाग, ताहाचलमा बुझाइ थप अनुसन्धान भइरहेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ। 

वैदेशिक रोजगारीका लागि जर्मनी, उत्तर कोरिया, ग्रीसलगायतका देशमा पठाइदिने प्रलोभन देखाई ९३ लाख रुपैयाँभन्दा बढी रकम ठगी गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार, पक्राउ पर्नेहरूले १६ जनाभन्दा बढी पीडितलाई आकर्षक तलबको लोभ देखाएर रकम असुली गरी सम्पर्कविहीन भएका थिए।

पीडितहरूको उजुरीका आधारमा प्रहरीले साजन गुरुङ, दीपक थापा, टेकबहादुर केसी, भरतप्रसाद पाण्डे र प्रेमप्रसाद भुसाललाई काठमाडौं र ललितपुरका विभिन्न स्थानबाट पक्राउ गरेको हो। पक्राउ परेका सबैलाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।

यो समाचारमा

उत्तर कोरियाजर्मनीग्रीसललितपुर
काठमाडौँ4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नक्कली भुटानी शरणार्थी मुद्दामा पूर्वमन्त्री रायमाझीलाई चार वर्ष र खाणलाई दुई वर्ष कैद सजाय

    काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई चार वर्ष कैद सजाय तोकिएको छ । जिल्ला अदालत काठमाडौँले आज चार वर्ष कैद सजाय र ४० हजार रुपैयाँ जरिवाना तोकेको हो ।न्यायाधिश तेजबहादुर खड्काको इजलासले सुनाएको सजाय आदेशअनुसार पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय र २० हजार रुपैयाँ जरिवाना

    Data is loading...

    Loading brands...

    Loading footer...