काठमाडौँ।वैदेशिक रोजगारीको प्रलोभनमा पारेर भारत लगिएका सात नेपाली किशोरीको सीमावर्ती पानीटङ्की नाकाबाट उद्धार गरिएको छ। मानव तस्करीमा संलग्न रहेको अभियोगमा भारतीय प्रहरीले एक नेपाली सहित दुई जनालाई पक्राउ गरेको छ। माइती नेपाल कोशी प्रदेशका संयोजक गोविन्द घिमिरेका अनुसार, अभियुक्तहरूले किशोरीहरूलाई वैदेशिक रोजगारीका लागि हङ्कङ लैजाने भन्दै नेपालको पूर्वी नाका काँकडभिट्टा...