काठमाडौँ।
नेपाली काँग्रेसभित्रको आन्तरिक राजनीतिक प्रतिस्पर्धा उत्कर्षमा पुगेका बेला सभापति शेर बहादुर देउबा र नेता डॉ. शेखर कोईराला एकै मञ्चमा दिएका छन्। कांग्रेसका संस्थापक नेता बिश्वेश्वर प्रसाद कोइरालाको ४३औँ स्मृति दिवसको अवसरमा आयोजित एक कार्यक्रममा दुई नेताले मञ्च साझा देखिएका हुन् ।
काठमाडौंको वसुन्धारामा आयोजित ‘देश विकास र देशवासीको उन्नतीको आधार–बीपी विचार’ विषयक गोष्ठीलाई सम्बोधन गर्न दुवै नेता पुगेका थिए। यो उपस्थितिलाई कांग्रेस वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।
पछिल्लो समय कांग्रेसभित्र देउवा र कोइरालाबीच तीव्र राजनीतिक प्रतिस्पर्धा चलिरहेको छ। आगामी महाधिवेशनमा सभापतिका लागि उम्मेदवारी दिने तयारीमा रहेका कोइरालाले आफूनिकट नेता-कार्यकर्ताहरूसँगको सक्रियता बढाएका छन्। अर्कोतर्फ, संस्थापन पक्ष कोइरालाको बढ्दो प्रभावलाई रोक्न र आफ्नो शक्ति कायम राख्न प्रयासरत छ।
यस्तो पृष्ठभूमिमा, बीपीको स्मृति दिवसले दुई प्रतिस्पर्धी नेतालाई एउटै मञ्चमा ल्याउनुले पार्टीभित्र एकताको सन्देश दिन खोजेको रूपमा पनि विश्लेषण गरिएको छ।