नेपाल शिक्षक महासङ्घ अवैध रहेको दाबी, सम्पूर्ण गतिविधि रोक्न संसदीय समितिमा उजुरी

Author

सजिलो पत्रिका

२०८२ असार २२, आइतबार

30
Share
Featured
  • हाल सञ्चालनमा रहेको नेपाल शिक्षक महासङ्घको वैधानिकतामाथि प्रश्न उठाउँदै दुई शिक्षकले संसदीय समितिमा उजुरी दिएका छन्।
  • उजुरीमा महासङ्घ अवैध रूपमा सञ्चालन भई रकम असुली गरेको, र कानुनी रूपमा मान्यता नपाएको आरोप छ।
  • उजुरीकर्ताले सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको जनाउँदै, महासङ्घका गतिविधिमा रोक लगाई अनुसन्धान गर्न माग गरेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

हाल क्रियाशील नेपाल शिक्षक महासंघको वैधानिकतामाथि गम्भीर प्रश्न उठाउँदै त्यसका सम्पूर्ण गतिविधिमा रोक लगाउन माग गर्दै संसदीय समितिमा उजुरी परेको छ। शिक्षक नारायणप्रसाद घिमिरे र शङ्करबहादुर कुमालले महासङ्घ अवैध रूपमा सञ्चालन भइरहेको र गैरकानुनी रूपमा रकम असुली गरिरहेको आरोपसहित शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा निवेदन दर्ता गराएका हुन्।

२०८१ जेठ १९ गते समितिमा दर्ता भएको उक्त निवेदनमा शिक्षा ऐन, २०२८ को आठौँ संशोधनले साविकको ‘नेपाल शिक्षक युनियन’ लाई नै ‘नेपाल शिक्षक महासङ्घ’ मा रूपान्तरण गरेको तर हाल लक्ष्मीकिशोर सुवेदीको अध्यक्षतामा सञ्चालित महासङ्घ त्यो नभएको जिकिर गरिएको छ।

उजुरीमा भनिएको छ, "शिक्षा ऐन २०२८ को दफा १६ ‘ङ’ ले सामुदायिक विद्यालयका शिक्षकको हकहितमा काम गर्न एउटै शिक्षक महासङ्घ रहने व्यवस्था गरेको छ। तर हालको महासंघले छुट्टै दर्ता नं. ०२–२०६० राखी आफूलाई सञ्चालन गरिरहेको छ, जुन कानुनी रूपमा अवैध हो।"

निवेदकहरूले महासङ्घको दर्ता सम्बन्धमा जानकारी माग्दा सम्बन्धित कार्यालयले आफ्नो कम्प्युटर अभिलेखमा उक्त दर्ता नम्बर नदेखिएको भनी पत्रमार्फत जानकारी दिएको समेत उजुरीमा उल्लेख गरेका छन्।

उजुरीमा हालको महासङ्घले दर्ता बिना नै अनाधिकृत रूपमा लेटरप्याड र छाप प्रयोग गर्ने, सदस्यता शुल्क र नवीकरण दस्तुरका नाममा रकम उठाउने जस्ता गैरकानुनी गतिविधि गरिरहेको आरोप लगाइएको छ। निवेदकहरूले उक्त गतिविधिलाई तत्काल रोकेर अनुसन्धान गरी कानुन बमोजिम कारबाही गर्न माग गरेका छन्।

उजुरीकर्ताले यस विषयमा सम्मानित सर्वोच्च अदालतमा अवहेलना मुद्दा (मुद्दा नं. ३९, दर्ता: ००१७) विचाराधीन रहेको पनि समितिमा जानकारी गराएका छन्। निवेदनमा महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, सह–अध्यक्ष नानुमाया पराजुली लगायतको नाम समेत किटान गरिएको छ।

यो समाचारमा

नेपाल शिक्षक महासंघकाठमाडौँ

ट्यागहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    ‘जुलाई’मा औसतभन्दा कम वर्षा

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागले ‘जुलाई’ महिनामा  देशभर औसतभन्दा कम वर्षा मापन भएको जनाएको छ ।जुलाई महिनामा औसत ५५८.८ मिलिमिटर वर्षा हुनुपर्नेमा हालसम्म ३०४.३० मिलिमिटर भएको छ । विभागका अनुसार पछिल्लो २४ घण्टामा देशका ४१४ वर्षा मापन केन्द्रमध्ये ३७२ केन्द्रमा वर्षा भएको छ ।सो अवधिमा नेपालभर औसत ११।७

    Data is loading...

    Loading brands...

    Loading footer...