जननेता मदन भण्डारीको ७४औँ जन्मजयन्ती मनाइँदै

Author

सजिलो पत्रिका

२०८२ असार १४, शनिबार

36
Share
Featured
  • एमालेका जननेता मदन भण्डारीको ७४औँ जन्मजयन्ती आज (शनिबार) देशभर विविध कार्यक्रम गरी मनाइँदैछ।
  • भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा आयोजित विशेष कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गर्नेछन्।
  • भण्डारी ‘जनताको बहुदलीय जनवाद’का प्रणेतासमेत थिए, र वि.सं. २०५० मा दासढुङ्गा दुर्घटनामा ज्यान गुमाएका थिए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

तत्कालीन नेकपा एमालेका महासचिव एवं जननेता मदन भण्डारीको ७४औँ जन्मजयन्ती आज (शनिबार) देशभर विविध कार्यक्रम गरी मनाइँदैछ। नेकपा एमाले र यसमा आबद्ध विभिन्न संघसंगठनहरूले भण्डारीको स्मरणमा कार्यक्रमहरू आयोजना गरेका छन्।

जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेशनले काठमाडौंको भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा विशेष कार्यक्रम आयोजना गरेको छ। दिउँसो १ बजे सुरु हुने उक्त कार्यक्रमलाई प्रधानमन्त्री एवं एमाले अध्यक्ष खड्गप्रसाद शर्मा ओली र पूर्वराष्ट्रपति विद्या देवी भण्डारीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

नेपाली कम्युनिष्ट आन्दोलनमा मार्क्सवादको सिर्जनात्मक प्रयोगकर्ता तथा 'जनताको बहुदलीय जनवाद' (जबज) का प्रणेताका रूपमा चिनिने भण्डारीको जन्म वि.सं. २००९ असार १४ गते ताप्लेजुङको ढुङ्गेसाँघुमा भएको थियो।

उनको वि.सं. २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा भएको रहस्यमय जीप दुर्घटनामा निधन भएको थियो। पार्टी कामको सिलसिलामा पोखराबाट चितवन जाँदै गर्दा भएको उक्त दुर्घटनामा एमालेका तत्कालीन सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको पनि निधन भएको थियो।उनी नेपालको राजनीतिक वृत्तमा माक्र्सवादको नवीन प्रयोगकर्ता, विचारक तथा जनताको बहुदलीय जनवाद सिद्धान्तका प्रवर्तक रहेका थिए ।

यो समाचारमा

ताप्लेजुङखड्गप्रसाद शर्मा ओलीकाठमाडौँविद्या देवी भण्डारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    साना नदीमा आकस्मिक बाढीको जोखिम

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज देशका विभिन्न जिल्लाबाट बग्ने साना नदीमा आकस्मिक बाढी (फ्ल्यास फ्लड) को मध्यम जोखिम रहने भएकाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।झापा, उदयपुर, मकवानपुर, गोरखा, लमजुङ, जाजरकोट, दैलेख, कालीकोट, डोटी, डडेलधुरा र बैतडी तथा आसपासका जिल्लाबाट बग्ने साना नदीको

    Data is loading...

    Loading brands...

    Loading footer...