सांसद सिंहको अभिव्यक्तिले संसद्मा हंगामा, भनाइ रेकर्डबाट हटाउन निर्देशन

Author

सजिलो पत्रिका

२०८२ असार ०८, आइतबार

30
Share
Featured
  • सांसद सिंहले केही जिल्लाबाहेक अन्यलाई विदेशीलाई लिजमा दिनुपर्ने टिप्पणी गरेपछि तीव्र विरोध।
  • एमालेका मुख्य सचेतक महेश बर्तौलालगायत सांसदहरूले सिंहमाथि कारबाहीको माग गरे।
  • सभामुख देवराज घिमिरेले उक्त अभिव्यक्तिलाई असंसदीय भन्दै संसद्को रेकर्डबाट हटाउन निर्देशन दिए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

सांसद अमरेश कुमार सिंहले बजेटमाथिको छलफलमा दिएको एक विवादास्पद अभिव्यक्तिका कारण आइतबार प्रतिनिधि सभामा हंगामा भएको छ। उनले नेपालका केही जिल्लाबाहेक अन्यलाई लिजमा दिनुपर्ने बताएपछि सत्तारुढ दलका सांसदहरूले 'देशद्रोही' भन्दै विरोध गरे, जसका कारण सभामुखले उनको भनाइ संसद्को रेकर्डबाट हटाउन निर्देशन दिएका छन्।

आइतबार बजेटमाथिको छलफलमा भाग लिँदै सांसद सिंहले केही नेताका जिल्लामा मात्र बजेट केन्द्रित भएको भन्दै आक्रोश व्यक्त गरेका थिए।

‘नेपाल सरकारलाई म आग्रह गर्न चाहान्छु– यो भाग्यमानी चार/पाँच जिल्ला जुन छन्, त्यसलाई नेपालमा राखौँ,’ सिंहले भने, ‘बाँकी ७२ जिल्लालाई अर्को देशलाई लिजमा दिउँ, अमेरिकालाई दिउँ, भारतलाई दिउँ, चीनलाई दिउँ। बजेट नै जाँदैन भने ती जिल्ला नेपालमा किन राख्ने? खाली ट्याक्स लिनलाई राख्ने?’

सिंहको अभिव्यक्तिलगत्तै नेकपा (एमाले) का मुख्य सचेतक महेश कुमार वर्तौलाले नियमापत्ति जनाउँदै उक्त भनाइ 'देशद्रोही' भएको र यसलाई रेकर्डबाट हटाएर सांसद सिंहमाथि कारबाही प्रक्रिया अघि बढाउन माग गरे। ‘यो देशद्रोही अभिव्यक्ति हो। यो कारबाहीको विषय हो,’ बर्तौलाले भने, ‘यो रेकर्डबाट हटाउने मात्रै होइन, उहाँलाई बोल्न दिनु हुँदैन।’
बर्तौलाको नियमापत्तिपछि सभामुख देवराज घिमिरेले उक्त अभिव्यक्ति असंसदीय भएको ठहर गर्दै संसद्को रेकर्डबाट हटाउन सचिवालयलाई निर्देशन दिए। ‘यो असंसदीय भाषा प्रयोग भयो। मैले रेकर्डबाट हटाउन निर्देशन दिन्छु,’ सभामुख घिमिरेले भने।

तर, सभामुखको रुलिङपछि पनि सांसद सिंहले आफ्नो भनाइ राख्न नरोकेपछि सत्तारुढ दलका सांसदहरूले उठेर उनको विरोध गर्दै नाराबाजी सुरु गरेका थिए। हंगामा बढेपछि सभामुख घिमिरेले सांसद सिंहलाई आफ्नो भनाइ अन्त्य गर्न आदेश दिएका थिए।

यो समाचारमा

देवराज घिमिरेअमरेश कुमार सिंहमहेश कुमार वर्तौलाकाठमाडौँ
प्रतिनिधि सभा4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    बाग्मतीले धार परिवर्तन गर्दा टौदह आसपासका बस्ती जोखिममा, दहको पानी चुहिन थाल्यो

    काठमाडौं । बाग्मती नदीको  कटानले टौदहपूर्वका केही घर  परेका छन् । कीर्तिपुर नगरपालिका-६ स्थित टौदह उपत्यकाको प्रमुख  पर्यटकीय गन्तव्यस्थलमध्ये एक हो । वाग्मतीले विगत दुई वर्षदेखि धार परिवर्तन गरी पश्चिमी किनाराको माटो कटान गर्न थालेपछिटौदहको पूर्व र दक्षिणतर्फका  बस्ती जोखिममा परेका छन् ।टौदहका स्थानीयवासी मिलन खड्काले भने ‘बाग्मती नदीको  कटानले

    Data is loading...

    Loading brands...

    Loading footer...