नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति १० घण्टा बन्द, ठूला गाडीलाई चौबिसै घण्टा रोक

Author

सजिलो पत्रिका

२०८२ असार ०७, शनिबार

26
Share
Featured
  • नारायणघाट-बुटवल सडकखण्डको दुम्कीबास खण्डमा दुर्घटनाको जोखिम बढेपछि आजदेखि हरेक दिन साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म यातायात पूर्ण रूपमा बन्द।
  • डाइभर्सन सडक वर्षाले बगाउने र दाउन्ने खण्डमा मर्मत कार्य चलिरहेकाले रात्रिकालीन आवागमन रोक्ने निर्णय भएको हो।
  • ठूला तथा मालवाहक सवारीसाधन चौबिसै घण्टा निषेध, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह; साना सवारीलाई पनि दिउँसो यात्रा गर्दा सावधानी अपनाउन सुझाव।
समाचार सारांशGenerated using AI.

काठमाडौँ । 

पूर्व-पश्चिम राजमार्गअन्तर्गतको नारायणघाट-बुटवल सडकखण्डमा आजदेखि रात्रिकालीन समयमा यातायात सञ्चालन पूर्ण रूपमा बन्द गरिने भएको छ। सडकको दुम्कीबास खण्डमा दुर्घटनाको जोखिम बढेपछि आजदेखि हरेक दिन साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म १० घण्टाका लागि सडक बन्द गर्ने निर्णय भएको हो।

सडक विभाग आयोजना निर्देशनालय (एडीबी) का निर्देशक इन्जिनियर चुडाराज ढकालका अनुसार, निर्माणाधीन सडकको दुम्कीबासस्थित विनयी खोला पुलको डाइभर्सन सडक वर्षाले बारम्बार बगाउँदा जोखिम बढेको हो। साथै, दाउन्ने खण्डमा पनि मर्मतको काम जारी रहेकाले सहज यातायात सञ्चालन नहुँदासम्मका लागि रात्रिकालीन आवागमन बन्द गर्ने निर्णय गरिएको हो।

शुक्रबार जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको निर्देशक ढकालले जानकारी दिए।

उनका अनुसार, उक्त सडकखण्डमा ठूला तथा मालवाहक सवारीसाधनलाई भने आजदेखि चौबिसै घण्टा सञ्चालनमा रोक लगाइएको छ। आयोजनाले ठूला सवारीसाधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ भने साना सवारीसाधनले पनि दिउँसोको समयमा यात्रा गर्दा सडकको अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न सुझाव दिएको छ।

यो समाचारमा

नवलपरासी (बर्दघाट सुस्ता पूर्व)काठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भूमिहीन र सुकुमवासीलाई जग्गाका लागि निवेदन दिन सरकारको अन्तिम आह्वान

    काठमाडौं । सरकारले भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीहरूलाई जग्गा उपलब्ध गराउने प्रयोजनका लागि अन्तिम पटक निवेदन माग गरेको छ। भूमि समस्या समाधान समितिले एक सूचना जारी गर्दै योग्य नागरिकहरूलाई तोकिएको ढाँचामा निवेदन दिन आग्रह गरेको हो।समितिका अनुसार, जग्गा पाउन इच्छुक स्थानीय तहका भूमिहीन दलित, सुकुमवासी र अव्यवस्थित बसोबासीहरूले

    Data is loading...

    Loading brands...

    Loading footer...