अछाममा बालविवाह गर्ने किशोर-किशोरी प्रहरी नियन्त्रणमा

Author

सजिलो पत्रिका

२०८२ जेठ २९, बिहिबार

27
Share
Featured

 काठमाडौँ,जेठ २९ । 

अछामको मंगलसेन नगरपालिकामा बालविवाह गर्ने एक किशोर–किशोरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय, अछामका अनुसार मंगलबार एक किशोरले किशोरीलाई भगाएर मन्दिरमा विवाह गरेका थिए। विवाह गरेर घर फर्कने क्रममा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए।

सूचना पाएलगत्तै खटिएको प्रहरी टोलीले दुवै जनालाई नियन्त्रणमा लिएर बालविवाहसम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको छ। प्रहरीले उनीहरूमाथि थप अनुसन्धानका लागि पाँच दिनको म्याद लिएको जनाएको छ।

यो समाचारमा

अछामकाठमाडौँमंगलसेन नगरपालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    कञ्चनपुरमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

    काठमाडौं । कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिका-१० मा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ। ४५ वर्षीया पारु सुनारको बिहीबार बिहान मृत्यु भएको हो।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बुधबार दिउँसो सामान्य विवादका क्रममा श्रीमान रन बहादुरले पारुमाथि कुटपिट गरेका थिए। कुटपिटबाट घाइते भएकी उनको दोधारास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गरिएको

    Data is loading...

    Loading brands...

    Loading footer...