कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

Author

सजिलो पत्रिका

२०८३ असार २५, बिहिबार

6
Share
Featured
  • कुमारी बैंकले बाजुराको गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण गरेको छ।
  • कार्यक्रमको उद्देश्य डिजिटल शिक्षामा पहुँच विस्तार र प्रविधिमैत्री शिक्षण–सिकाइ प्रवर्द्धन गर्नु रहेको छ।
  • बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत शिक्षा क्षेत्रमा यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

कुमारी बैंक लिमिटेडले बाजुराको गौमूल गाउँपालिकाका ६ वटा सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत शिक्षा क्षेत्रमा योगदान पुर्‍याउने उद्देश्यले स्मार्ट टेलिभिजन उपलब्ध गराएको जनाएको छ ।

बैंकको गौमुल शाखामार्फत गाउँपालिकासँगको समन्वयमा सञ्चालन गरिएको उक्त कार्यक्रमबाट ग्रामीण तथा दुर्गम भेगका विद्यालयमा सूचना तथा सञ्चार प्रविधिमा आधारित शिक्षण सिकाइलाई प्रवर्धन गर्ने, विद्यार्थीको डिजिटल शिक्षामा पहुँच विस्तार गर्ने र गुणस्तरीय शिक्षाको अवसरलाई थप सुदृढ बनाउने लक्ष्य राखिएको छ ।

भौगोलिक कठिनाइका कारण आधुनिक शैक्षिक स्रोत–साधनको पहुँच सीमित रहेको गौमुल क्षेत्रका विद्यालयमा यस सहयोगले शिक्षण सिकाइ प्रक्रियालाई थप प्रभावकारी, रोचक र प्रविधिमैत्री बनाउन महत्वपूर्ण योगदान पुग्ने बैंकको अपेक्षा छ ।

बैंकले गौमुल गाउँपालिका ५ को मानाकोट मावि, गौमुल २ का जनज्योति मावि र पूलपाता मावि, गौमुल १ मा रहेको अम्लिस मावि, गौमुल ६ मा रहेको कीर्तिचौर मावि र गौमुल ३ मा रहेको बालविकास माविलाई टेलिभिजन हस्तान्तरण गरेको जनाएको छ ।

कुमारी बैंकले शिक्षा हरेक बालबालिकाको आधारभूत अधिकार भएको विश्वास गर्दै ग्रामीण तथा सहरी क्षेत्रबीच रहेको शैक्षिक अवसर र स्रोत–साधनको असमानतालाई न्यूनीकरण गर्न यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

बैंकले उपलब्ध गराएको स्मार्ट टेलिभिजनमार्फत विद्यार्थीलाई डिजिटल सामग्री, श्रव्य–दृश्य माध्यम तथा आधुनिक प्रविधिमा आधारित शिक्षासँग जोड्न सहयोग पुग्ने विश्वास लिएको छ । यसबाट दुर्गम क्षेत्रका विद्यार्थीले पनि सहरी क्षेत्रका विद्यार्थीसरह प्रविधिमैत्री सिकाइको अवसर प्राप्त गरी गुणस्तरीय शिक्षामा समान पहुँच हासिल गर्न सक्ने अपेक्षा गरिएको छ ।

'समुदायका लागि कुमारी बैंक' भन्ने मूल भावनाअनुरूप बैंकले शिक्षा, स्वास्थ्य, वित्तीय साक्षरता, वातावरण संरक्षण तथा सामुदायिक विकासका क्षेत्रमा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ । 

शिक्षा क्षेत्रमा गरिएको यस सहयोगले भविष्यका पुस्ताहरुलाई डिजिटल युगअनुकूल ज्ञान र सीप हासिल गर्न प्रेरित गर्नुका साथै स्थानीय स्तरमा शैक्षिक गुणस्तर अभिवृद्धिमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने विश्वास बैंकले व्यक्त गरेको छ ।

विगत २५ वर्षदेखि निरन्तर बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंकले देशभरका २८६ शाखा, ४१ विस्तार काउन्टर, ३०४ एटीएम, ४० शाखारहित बैंकिङ इकाइमार्फत लाखौँ ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

यो समाचारमा

काठमाडौँबाजुराकुमारी बैंक लिमिटेडगौमूल गाउँपालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    रारा–सल्लेरी–पिना–कोटिला–घट्टलेख सडक निर्माण अलपत्र, काम गरेको पैसा मजदुरले अझै पाएनन्

    मुगु । मुगुको बहुप्रतीक्षित रारा–सल्लेरी–पिना–कुटिला–घट्टलेख निर्वाचन सडक आयोजना निर्माण सुरु भएको तीन वर्ष बितिसक्दा पनि भौतिक प्रगति करिब २ प्रतिशतमै सीमित रहेको पाइएको छ। करिब ६० करोड रुपैयाँ लागत अनुमान गरिएको १० किलोमिटर सडक निर्माण कार्य अपेक्षाअनुसार अघि नबढ्दा स्थानीय बासिन्दा प्रत्यक्ष रूपमा प्रभावित भएका छन्।उक्त सडक निर्माणका लागि २०७९

    Data is loading...

    Loading brands...

    Loading footer...