भजनी स्वास्थ्य केन्द्रले रोक्यो बिमा सेवा, निजी क्लिनिक जान बाध्य बन्दै स्थानीय

Author

सजिलो पत्रिका

२०८३ असार २४, बुधबार

12
Share
Featured

कैलाली । भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य बिमा योजना बन्द भएपछि सेवाग्राहीलाई उपचारमा समस्या परेको छ ।

प्राथमिक स्वास्थ्य केन्द्रले बिमा गरेबापत पाउनुपर्ने रकम नपाएपछि उपचारमा समस्या भएको हो । जेठ २९ गतेदेखि केन्द्रले फार्मेसी र प्रयोगशाला सेवामा बिमा कटौती गरेको केन्द्रका अधिकारी अमरसिंह चौधरीले जानकारी दिए ।

चौधरीले भने, ‘सरकारबाट बिमावापत प्राप्त हुने रकम कटौती गरेपछि अस्पतालको स्रोतले व्ययभार थेग्न नसक्ने हुँदा सेवाग्राहीले पाउँदै आएको फार्मेसी र प्रयोगशाला सेवाको बिमा कार्यक्रम रोकेका छौँ ।

चालु आर्थिक वर्षमा प्राथमिक स्वास्थ्य केन्द्रमा चार हजार ३७६ जनाले स्वास्थ्य बिमामार्फत सेवा लिएका छन् । बिमा सेवा कटौती हुँदा ६५ जना मात्रै स्वास्थ्य केन्द्रमा सेवा लिन आएका छन् । स्थानीय सरकारसँग पटकपटक स्वास्थ्य केन्द्रलाई बजेटका लागि आग्रह गर्दा सुनुवाइ हुँदैन,’ केन्द्रका अध्यक्ष धर्मेन्द्र श्रेष्ठले भने । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...