राष्ट्रिय सडक सञ्जालमा जोडिएको १४ वर्ष वितेपनि मुगुमा सडक कालोपत्रे हुन सकेन

Author

सजिलो पत्रिका

२०८२ कात्तिक १८, मङ्गलबार

12
Share
Featured
  • मुगु जिल्लाका सडकहरू १४ वर्ष बितिसक्दा पनि कालोपत्रे हुन सकेका छैनन्, जसले स्थानीय बासिन्दा र यात्रुहरूको दैनिक जीवनमा कठिनाइ सिर्जना गरेको छ।
  • सडक खण्डहरूमा हिलाम्ये वर्षा, धुलाम्ये हिउँद, नाला, वाल र सुरक्षा सुविधा अभाव हुँदा काम अपूर्ण रहेको र सवारी चालकहरूले जोखिम मोलेर गाडी चलाउनुपर्ने अवस्था रहेको छ।
  • सडक विकास ढिला हुनुको कारण संघीय–प्रदेश सरकारबीच जिम्मेवारी विभाजन हो, तर यस वर्ष ताल्चा–गमगढी सडक कालोपत्रे तथा मर्मत सुधारका लागि बजेट व्यवस्था गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


राष्ट्रिय सडक सञ्जालमा जोडिएर १४ वर्ष बितिसक्दा पनि मुगु जिल्लाका सडकहरू अझै कालोपत्रे हुन सकेका छैनन् । कच्ची र साँघुरो सडकका कारण यहाँका स्थानीय बासिन्दा र यात्रुहरू दैनिक जीवनमा ठूलो कठिनाइ भोग्नुपरेको छ ।

२०६९ साल पुस १ गते तत्कालीन प्रधानमन्त्री डा.बाबुराम भट्टराईद्वारा उद्घाटन गरिएको नाग्म–गमगढी सडकको मुगुजिल्ला क्षेत्रमा अहिलेसम्म एकपटक पनि कालोपत्रे गरिएको छैन ।

सरकारले २०७२ सालभित्र जिल्ला जोड्ने सडक कालोपत्रे गर्ने लक्ष्य राखे पनि हिलाम्ये वर्षा र धुलाम्ये हिउँद, सडकको किनारमा नाला, घुम्ती, वाल र सुरक्षासम्बन्धी कुनै सुविधा नहुँदा काम अपूर्ण रहेको छ ।

स्थानीय चालक सुसील बुढाले बताएअनुसार, रोजीरोटीका लागि बाध्य भएर उनी र अन्य चालकहरूले नाग्म–गमगढी सडक खण्डमा जोखिम मोलेर साना र ठूला सवारी साधनहरू चलाइरहेका छन् ।

कालीकोट–नाग्म–गमगढी सडक ९४ किलोमिटर भए पनि जुम्ला–हाडसिंन्जा ७ किलोमिटर बाहेक बाँकी सडक कालोपत्रे हुन सकेको छैन । ताल्चा विमानस्थल–गमगढी ९ किलोमिटर, गमगढी–तारापानी–सोरुकाट ४१ किलोमिटर, गमगढी–छाइल १८ किलोमिटर र गमगढी–बालैपिना–खत्याड–कालाकाँडा–जुम्ला ३५ किलोमिटर सडक पनि कालोपत्रे नभएको छ ।

छाँयानाथ यातायात प्रा.लि.का सचिव सन्तोष हाहीले भने, ‘सडकको कमजोर मापदण्डका कारण गाडीका पाटा, टायरलगायतका उपकरण बिग्रन्छन् र वर्षेनि सडक दुर्घटनाले मानबिक तथा धनजनको ठूलो क्षति हुन्छ ।’

संघीय र प्रदेश सरकारबीच जिम्मेवारीको विभाजनका कारण मुगुमा सडक विकास ढिला भएको हो । तर, यस वर्ष ताल्चा–गमगढी सडक कालोपत्रे तथा मर्मत सुधारका लागि बजेट व्यवस्था गरिएको मुगुका प्रदेशसभा सदस्य जित बहादुर मल्लले जानकारी दिए । 

मुगुका सडकको जोखिमपूर्ण अवस्थाले स्थानीय बासिन्दा मात्र होइन, रारा ताल जस्ता पर्यटकीय स्थल घुम्न आउने पर्यटकहरूलाई पनि सास्तीमा पारिरहेको छ ।

यो समाचारमा

बाबुराम भट्टराईमुगुकाठमाडौँरारा ताल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...