
काठमाडौँउपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरी बासले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गरेका छन्।भेटका क्रममा दुई देशबीचको द्विपक्षीय सम्बन्ध, आर्थिक सहयोग, श्रम आप्रवासन, शिक्षा तथा तालिमलगायत विषयमा छलफल भएको थियो। उपराष्ट्रपति यादवले नेपाल–इजरायलबीच सन् १९६० देखि कूटनीतिक सम्बन्ध स्थापना भएयता मित्रता, सद्भाव र पारस्परिक सहयोगमा...