लोकतान्त्रिक अभ्यासलाई सुदृढ गर्न आगामी निर्वाचन महत्त्वपूर्ण : उपराष्ट्रपति

Author

सजिलो पत्रिका

२०८२ माघ २१, बुधबार

24
Share
Featured

काठमाडौँ

उपराष्ट्रपति रामसहाय प्रसाद यादवले लोकतान्त्रिक अभ्यासलाई सुदृढ गर्न आगामी निर्वाचन महत्त्वपूर्ण अवसर भएको बताएका छन् ।

आदिवासी जनजाति आयोगको पाँचौँ वार्षिकोत्सवका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले निर्वाचनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई बलियो बनाई समावेशितालाई सुदृढ गर्ने भएकाले सबैलाई आफ्नो मताधिकार प्रयोग गर्न आग्रह समेत गरे ।

उनले भने, ‘लोकतान्त्रिक अभ्यासलाई सुदृढ गर्न आगामी निर्वाचन महत्त्वपूर्ण अवसर हो । लोकतन्त्रलाई जीवन्त राख्न र समावेशितालाई बलियो बनाउन समेत निर्वाचनले महत्त्वपूर्ण भूमिका खेल्ने छ । निर्वाचनले नागरिकलाई राज्यको समान हिस्सेदारको रुपमा अनुभूत गराउने काम गर्ने विश्वास लिएका छौं ।’

उनले प्रत्येक नागरिकले आफ्नो पहिचानलाई सम्मानित र अधिकारलाई सुनिश्चित भएको अनुभूति गरे मात्रै समावेशी लोकतन्त्रको सार्थकता पुष्टि हुने उल्लेख गरे ।

साथै, लोकतन्त्रलाई जीवन्त राख्न र समावेशितालाई बलियो बनाउन समेत निर्वाचनले महत्त्वपूर्ण भूमिका खेल्ने उनले बताए ।

यो समाचारमा

काठमाडौँरामसहाय प्रसाद यादव

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    काठमाडौँमा ९३ मिलिमिटर वर्षा, मकवानपुर र म्याग्दीमा वर्षियो सबैभन्दा धेरै पानी

    काठमाडौं । काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा अहिले वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही ठाउँमा मात्रै वर्षा भएको जनाउँदै अन्य प्रदेशका अधिकांश स्थानमा वर्षा भइरहेको उल्लेख गरेको छ ।ती क्षेत्रहरूमध्ये केही ठाउँमा भारीदेखि अति भारीसम्म वर्षा भएका छन् भने केही

    Data is loading...

    Loading brands...

    Loading footer...