उपराष्ट्रपति यादवसँग बङ्गलादेशका राजदूत रहमानको शिष्टाचार भेट

Author

सजिलो पत्रिका

२०८२ चैत ०९, सोमबार

22
Share
Featured

काठमाडौँ

उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि बंगलादेशका राजदूत मो. शफिकुर रहमानले शिष्टाचार भेट गर्नुभएको छ । लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा आज भएको भेटमा उहाँहरुबीच शुभकामना आदान–प्रदानसँगै द्विपक्षीय सम्बन्धका बहुआयामिक पक्षहरूबारे छलफल भएको उहाँको सचिवालयले जनाएको छ । 

उपराष्ट्रपति यादवले सन् १९७२ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नेपाल–बङ्गलादेशबीच मित्रवत् एवं सौहार्दपूर्ण सम्बन्ध रहिआएको उल्लेख गर्दै हाम्रो सम्बन्ध सार्वभौमिक समानता, आपसी सम्मान तथा विश्वासमा आधारित रहेको बताउनुभयो । उहाँले बङ्गलादेशसँगको सम्बन्धलाई नेपालले उच्च महत्त्व दिँदै आएको बताउनुभयो । 

उपराष्ट्रपति यादवले बङ्गलादेशमा सफलतापूर्वक निर्वाचन सम्पन्न भएकामा बधाई दिँदै नयाँ सरकारलाई शुभकामना दिनुभयो । नेपालमा पनि प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्पन्न भई नयाँ सरकार गठनको प्रक्रियामा रहेको उल्लेख गर्दै उहाँले दुवै देशका सरकारबीच सहकार्य सुदृढ हुनेमा विश्वास व्यक्त गर्नुभयो ।


भेटका क्रममा राजदूत रहमानले नेपाल–बङ्गलादेश सम्बन्ध आपसी विश्वासमा आधारित रहेको र जनता–जनताबीचको सम्बन्धमा निहित रहेको उल्लेख गर्नुभयो । उहाँले वाणिज्य, शिक्षा तथा ऊर्जा क्षेत्रमा सहकार्यलाई प्राथमिकता दिन सकिने बताउँदै हाल नेपालबाट ४० मेगावाट विद्युत् प्राप्त भइरहेकोमा यसलाई ६० मेगावाट पु¥याउन अनुरोध गर्नुभयो ।

यो समाचारमा

नेपालरामसहाय प्रसाद यादवकाठमाडौँबंगलादेश

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले सीमापार अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग, सूचना आदान–प्रदान र प्रहरी संगठनबीचको साझेदारीलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित पाँचौं संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको शिखर सम्मेलन (युएनसीओपिएस) मा नेपालको प्रतिनिधित्व गरेर स्वदेश फर्किएपछि सामाजिक सञ्जालमार्फत उनले सम्मेलनमा

    Data is loading...

    Loading brands...

    Loading footer...