मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेकी सांसद श्रेष्ठ सम्पर्कविहीन

Author

सजिलो पत्रिका

२०८२ साउन १०, शनिबार

154
Share
Featured
  • मुख्यमन्त्री बहादुर सिंह लामाविरुद्ध कांग्रेसकै इन्द्रबहादुर बानियाँ समूहले अविश्वास प्रस्ताव दर्ता गरेपछि हस्ताक्षर गरेकी सांसद माया श्रेष्ठ अचानक सम्पर्कविहीन भएकी छन्।
  • बानियाँ समूहले श्रेष्ठलाई मुख्यमन्त्री लामाले मन्त्री पदको प्रलोभन देखाएर आफ्नो पक्षमा पार्न खोजेको र उनी अज्ञात स्थानमा राखिएको आशंका व्यक्त गरेको छ।
  • कांग्रेसका ३७ सांसदमध्ये १९ को बहुमत आवश्यक हुन्छ। श्रेष्ठको समर्थन बानियाँ समूहसँग रहेमा उनीहरू २१ सांसदमा पुग्छन्, तर उनी फर्किए बहुमतमा मनोवैज्ञानिक दबाव पर्न सक्छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाविरुद्ध उनकै दल नेपाली काँग्रेसभित्रबाट दर्ता भएको अविश्वासको प्रस्तावले नाटकीय मोड लिएको छ । मुख्यमन्त्री लामाविरुद्ध कांग्रेसकै इन्द्रबहादुर बानियाँ समूहले दर्ता गराएको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेकी प्रदेशसभा सदस्य माया श्रेष्ठ अचानक सम्पर्कविहीन भएकी छन् ।

शुक्रबार हेटौंडास्थित संसदीय दलको कार्यालयमा स्वयं उपस्थित भई अविश्वास प्रस्तावको आठौं नम्बरमा हस्ताक्षर गरेकी सांसद श्रेष्ठ त्यसपछि पार्टी र दलका नेताहरूको सम्पर्कमा नरहेको बानियाँ पक्षका एक सांसदले बताए । उनको अप्रत्याशित सम्पर्कविहीनताले मुख्यमन्त्रीविरुद्ध बहुमत देखाउने प्रयासमा रहेको बानियाँ समूहमा तनाव बढेको छ ।

स्रोतका अनुसार, मुख्यमन्त्री लामाले श्रेष्ठलाई मन्त्री पदको प्रलोभन देखाएर आफ्नो पक्षमा पार्न खोजेको र उनलाई अज्ञात स्थलमा राखिएको हुन सक्ने आशंका बानियाँ समूहले गरेको छ ।

रोचक कुरा त के छ भने, २०७९ साल पुस १३ गते भएको संसदीय दलको नेताको निर्वाचनमा श्रेष्ठले खुलेरै बहादुर सिंह लामालाई समर्थन गरेकी थिइन् । कांग्रेसका वरिष्ठ नेता डा. प्रकाशशरण महत निकट मानिने उनको यो फेरबदल र त्यसपछिको सम्पर्कविहीनताले प्रदेशको राजनीतिमा नयाँ तरंग सिर्जना गरेको छ ।

के भन्छ अंकगणित?

बागमती प्रदेशसभामा कांग्रेसका कुल ३७ सांसद छन् । संसदीय दलमा बहुमतका लागि १९ सांसदको समर्थन आवश्यक पर्छ । सांसद श्रेष्ठले अविश्वास प्रस्तावमा साथ दिँदा बानियाँ समूहसँग २१ सांसद पुग्छन् । तर, यदि उनी मुख्यमन्त्री लामाकै पक्षमा फर्किइन् भने बानियाँ समूहमा समर्थक सांसदको संख्या २० मा झर्नेछ । यद्यपि, २० सांसद हुँदा पनि बानियाँ समूहसँग बहुमत कायम रहन्छ, तर एक सांसदको घटबढले पनि राजनीतिमा ठूलो मनोवैज्ञानिक असर पार्ने हुँदा यो घटनालाई चासोका साथ हेरिएको छ ।

यो समाचारमा

डा. प्रकाशशरण महतहेटौंडाकाठमाडौँनेपाली काँग्रेस
बागमती प्रदेश4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    आत्मदाह प्रयासको घटनालाई ट्राफिक जरिवानासँग जोड्नु भ्रामक- ट्राफिक प्रहरी

    काठमाडौँ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि गणेश नेपालीले गरेको आत्मदाह प्रयासलाई ट्राफिक जरिवानासँग जोडेर गरिएको प्रचारलाई 'तथ्यहीन र भ्रामक' भनेको छ।असार २५ गते मुगुका २५ वर्षीय गणेश नेपालीले गरेको आत्मदाह प्रयासमा ट्राफिक कारबाहीको कुनै सम्बन्ध नरहेको प्रहरीले स्पष्ट पारेको हो। ट्राफिक प्रहरी कार्यालय रामशाहपथले जारी गरेको विज्ञप्तिअनुसार,

    Data is loading...

    Loading brands...

    Loading footer...