रोजगारीको प्रलोभनमा भारतमा बन्धक बनाइएका ५८ नेपाली युवाको उद्धार

Author

सजिलो पत्रिका

२०८२ असार ११, बुधबार

17
Share
Featured
  • भारतमा रोजगारीको प्रलोभनमा परेका ५८ नेपाली युवाको उद्धार गरिएको छ। उनीहरूलाई उत्तराखण्ड र कासिपुरमा बन्धक बनाइएको थियो।
  • उद्धार गरिएका युवाहरू सुदूरपश्चिम र अन्य जिल्लाका छन्। उनीहरूलाई घर पठाउने र आवश्यक व्यवस्था मिलाइएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ । 

आकर्षक रोजगारीको प्रलोभनमा पारी भारतमा बन्धक बनाइएका ५८ जना नेपाली युवालाई उद्धार गरी नेपाल ल्याइएको छ। भारतको उत्तराखण्ड राज्यको रुद्रपुर र कासिपुरमा बन्धक अवस्थामा रहेका उनीहरूलाई बुधबार पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै स्वदेश फर्काइएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर जिल्लाका प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार, नागरिक संस्था किन नेपालरकिन इन्डिया, भारतस्थित नेपाली दूतावास, नेपाल प्रहरी र भारतीय प्रहरीको संयुक्त पहलमा उनीहरूको उद्धार सम्भव भएको हो। रुद्रपुर र कासिपुरमा रोजगारी दिने बहानामा लगेर युवाहरूलाई विभिन्न घरहरूमा बन्धक बनाएर राखिएको सूचना पाएपछि उद्धारको प्रक्रिया अगाडि बढाइएको थियो।

उद्धार गरिएका युवाहरूलाई बसमार्फत सीमा नाका गड्डाचौकी पुर्‍याइएको थियो। त्यहाँ कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल र सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख (डीआईजी) डम्बरबहादुर विश्वकर्माले उनीहरूलाई स्वागत गरे।

प्रहरी नायब उपरीक्षक बोहराले रोजगारीका लागि लैजाने व्यक्तिको खोजी कार्यका साथै घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए।

भारतको उत्तराखण्ड राज्य उधमसिंह नगर जिल्लाको रुद्रपुरमा ३२ जना र कासिपुरमा ३५ जना गरी ५८ जना बन्ध बनाइएका युवाहरुको उद्धार गरी ल्याइएको हो । उद्धार गरिएकामध्ये सुदूरपश्चिमको कैलाली र डोटीका युवाहरूलाई बुधबार नै घर पठाइएको छ भने अन्य जिल्लाका युवाहरूका लागि बसोबासको प्रबन्ध मिलाइएको छ। 

यो समाचारमा

कञ्चनपुर जिल्लाकाठमाडौँभारतनेपाल प्रहरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    कञ्चनपुरमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

    काठमाडौं । कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिका-१० मा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ। ४५ वर्षीया पारु सुनारको बिहीबार बिहान मृत्यु भएको हो।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बुधबार दिउँसो सामान्य विवादका क्रममा श्रीमान रन बहादुरले पारुमाथि कुटपिट गरेका थिए। कुटपिटबाट घाइते भएकी उनको दोधारास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गरिएको

    Data is loading...

    Loading brands...

    Loading footer...