
काठमाडौँबाँकेकी निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी घटनामा निष्पक्ष अनुसन्धानको माग गर्दै २३ दिनदेखि अनशनमा रहेकी अधिकारकर्मी रूबी खान र सरकारका प्रतिनिधिबीच ५ बुँदे सहमति भएको छ। सहमतिसँगै खानले आफ्नो अनशन अन्त्य गरेकी छन्।नेपालगञ्जस्थित सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेजमा अनशनरत खानसँग वार्ताका लागि सरकारको विशेष टोली खटिएको थियो।...