बाजुरामा सुविधायुक्त नयाँ कारागार भवन निर्माण सुरु

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २५, मङ्गलबार

34
Share
Featured
  • बाजुरामा पुरानो जिर्ण कारागार भत्काएर ७५ जना कैदीबन्दी अट्ने सुविधासम्पन्न नयाँ कारागार भवन निर्माण कार्य सुरु गरिएको छ।
  • करिब ५ करोड ९८ लाख रुपैयाँ लागतमा शहरी विकास मन्त्रालय अन्तर्गत विभागको बजेटमा डीबी बीएन एस जेभीले २०८३ फागुन मसान्तभित्र निर्माण पूरा गर्ने जिम्मा लिएको छ।
  • निर्माण अवधिमा ४० जना कैदी बाँके, ७ जना कैलाली र १८ जना अछाममा स्थानान्तरण गरिएका छन् । नयाँ भवन बनेपछि कैदी व्यवस्थापन र सुरक्षामा सहजता आउने अपेक्षा गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

बाजुरामा नयाँ कारागार भवन निर्माण कार्य सुरु भएको  छ। जिर्ण अवस्थामा रहेको भवन भत्काई सुविधायुक्त नयाँ भवनको निर्माण प्रक्रिया सुरु भएको हो।

कारागारमा रहेका सबै कैदीबन्दीलाई अन्यन्त्र स्थानान्तरण गरी ७५ जना कैदीबन्दी अट्ने क्षमता भएको सुविधायुक्त कारागार निर्माण कार्य अघि बढेको हो । 

जिर्ण अवस्थामा रहेको कारागार भवनमा कैदीबन्दीलाई व्यवस्थापनमा सकस भएकाले नयाँ भवन निर्माण गर्न लागिएको कारागार बाजुराका प्रमुख जेलर अनिल कुमार तिवारीले बताए ।

उनका अनुसार,नयाँ कारगार भवन निर्माण पश्चात् कैदिबन्दिको व्यवस्थापनमा सहज हुने बताए । साथै सुविधा सम्पन्न नयाँ निमार्णले ठूलो सहयोग पुग्ने अपेक्षा समेत लगिएको जानकारी दिएका छन्।

२५ जना कैदीबन्दीका लागि करिब ४५ वर्ष पहिले २०३७ सालमा कारागार निर्माण गरिएको थियो । त्यो अवधिसम्म अर्काे भवन बनेको थिएन्। जसका कारण जिर्ण भवनमा जोखिम मोलेर कैदी राख्नु पर्ने बाध्यता थियो।

महिला र पुरुष गरी ७५ जना कैदीबन्दी अट्ने क्षमता भएको कारागारको नयाँ भवन निर्माण कार्य सुरु भएको कारागार बाजुराले जनाएको छ। शहरी विकास मन्त्रालय अन्तर्गत शहरी विकास तथा भवन निर्माण विभागको ५ करोड बढी बजेटमा कारागारको सुविधा सम्पन्न भवन निर्माण हुन लागेको हो ।

२०८३ फागुन मसान्तसम्म निर्माण कार्य सम्पन्न गर्ने गरी  डीबी बीएन एस जेभीले करिब ५ करोड ९८ लाख ४८ हजार ४९८ रुपैयाँमा निर्माणको जिम्मा लिएको छ। अहिले धमाधम नयाँ भवन निर्माण कार्य भईरहेको छ । 

दशैं–तिहारमा ४० जना कैदी बाँकेको नेपालगञ्जस्थित क्षेत्रीय नौवस्ता कारागारमा सारिएको हो।त्यस्तै ७ जना कैदीलाई कैलाली र १८ जना थुनुवालाई अछाम जिल्ला कारागार स्थानान्तरण गरिएको हो । 

जिर्ण भवनमा क्षमता भन्दा बढि कैदीबन्दी बस्दै आएका थिए । भवन भित्र खान बस्नका साथै भवन चुहिने गरेको थियो भने सुरक्षाकर्मी बस्ने भवन समेत जीर्ण अवस्थामा थियो ।कारागार प्रशासन भने अहिलेसम्म भाडामा बसिरहेको छ । भवन निर्माण पश्चात् व्यवस्थापनमा सहज हुने कारागार बाजुराले जनाएको छ ।

यो समाचारमा

कैलालीकाठमाडौँबाँकेबाजुरा
अछाम5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा ६ सय रुपैयाँले बढेर आज प्रतितोला २ लाख ८४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।आइतबार भने सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार रुपैयाँमा कायम भएको थियो ।यसैगरी, चाँदीको मूल्य पनि

    Data is loading...

    Loading brands...

    Loading footer...