सरकार र अधिकारकर्मी खानबीच ५ बुँदे सहमति, २३ दिने अनशन अन्त्य

Author

सजिलो पत्रिका

२०८३ जेठ ०६, बुधबार

20
Share
Featured


बाँकेकी निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी घटनामा निष्पक्ष अनुसन्धानको माग गर्दै २३ दिनदेखि अनशनमा रहेकी अधिकारकर्मी रूबी खान र सरकारका प्रतिनिधिबीच ५ बुँदे सहमति भएको छ। सहमतिसँगै खानले आफ्नो अनशन अन्त्य गरेकी छन्।

नेपालगञ्जस्थित सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेजमा अनशनरत खानसँग वार्ताका लागि सरकारको विशेष टोली खटिएको थियो। प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौर, गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता आनन्द काफ्ले र प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहाल सम्मिलित टोलीले निरन्तर वार्तापछि सहमति जुटाएको हो। त्यसपछि दिपा दाहालले खानलाई पानी खुवाएर अनशन तोडाएकी थिइन्।

सहमतिअनुसार निर्मला कुर्मीसम्बन्धी मुद्दामा हालसम्म भएका अनुसन्धानको अध्ययन गरी यथाशीघ्र न्यायिक प्रक्रियामा अघि बढाइने भएको छ। साथै खानले उठाएका अन्य घटनाको छानबिन लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट गरिने र अनुसन्धानमा कमजोरी देखिए सम्बन्धित प्रहरी कर्मचारीमाथि कारबाही प्रक्रिया अघि बढाइने उल्लेख गरिएको छ।

त्यसैगरी खानविरुद्ध दर्ता भएको सार्वजनिक शान्तिविरुद्धको मुद्दाको अनुसन्धान छिट्टै टुंग्याउने, सम्बन्धित प्रहरी अधिकारीहरूको भूमिकाबारे छानबिन गर्ने तथा आन्दोलनरत रूबी खान र महिला अधिकारकर्मीहरूको सुरक्षाका लागि आवश्यक व्यवस्था मिलाउने सहमति भएको छ। सहमतिपछि खानले सरकार र वार्ता टोलीप्रति कृतज्ञता व्यक्त गरेकी छन्।


यो समाचारमा

बाँकेनेपालगञ्जकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...