गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज

Author

सजिलो पत्रिका

२०८३ जेठ ०१, शुक्रबार

18
Share
Featured

    • नेपालगञ्जमा फराकिला सडक र गुलमोहर तथा बेगमबेलीका बिरुवाहरूले सहरको सौन्दर्य बढाएका छन्।

    • उपमहानगरपालिकाले अत्यधिक गर्मी व्यवस्थापनका लागि 'हिट वेभ' कार्ययोजना र हरियाली प्रवद्र्धनलाई तीव्रता दिएको छ।

    • नयाँ घर निर्माण गर्दा अनिवार्य बिरुवा रोप्नुपर्ने कडा नीति नगरले कार्यान्वयनमा ल्याएको छ।

    • अहिलेसम्म शीतलचिनी, नीम र राजवृक्ष लगायतका करिब १८ हजार बिरुवाहरू विभिन्न स्थानमा रोपिएका छन्।

    • ऐतिहासिक सहर नेपालगञ्जले हाल जलवायु परिवर्तनको असर न्यूनीकरण र सहरी सौन्दर्यमा उल्लेख्य सुधार गरेको छ।

  • समाचार सारांशGenerated using AI.

    नेपालगञ्ज, १ जेठ

    पछिल्ला वर्षमा नेपालगञ्जको स्वरूप उल्लेख्य रूपमा बदलिएको छ । फराकिला सडक, सडक किनारमा रोपिएका विभिन्न जातका बोटबिरुवाले यहाँको हरियाली प्रवद्र्धनसँगै सहरको सौन्दर्य बढाएका छन् । साँघुरा र धुलाम्मे सडक कालोपत्र गरिएका छन्भने हरियालीले नगरको शोभा बढाएको छ । रातानीला गुलमोहर र बेगमबेलीले नेपालगञ्जको सौन्दर्य चम्काएको छ । ‘क्लिीन नेपालगञ्ज, ग्रीन नेपालगञ्ज’का अध्यक्ष विनोद कर्ण पूर्वाधार विकाससँगै हरियाली थपिएकामा दङ्ग हुनुहुन्छ ।

    हरियाली विस्तार अझै आवश्यक भएको उहाँ बताउनुहुन्छ । सुर्खेतरोड, न्यूरोड, भानुचोक र गणेशमान चोकलगायत क्षेत्रमा लगाइएका गुलमोहर तथा बेगमबेलीले नगरको चमकमात्र बढाएका छैनन् अपितु यिनले पानीका स्रोत जोगाउनका साथै पर्यावरणीय सन्तुलन कायम गर्न सघाएका छन् । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट अत्यधिक गर्मीका लागि परिचित नेपालगञ्जमा हरियाली प्रवद्र्धन तथा वातावरण संरक्षणका कार्यक्रम सञ्चालन भइरहेको बताउनुहुन्छ । “हामीले ‘हिट वेभ’ व्यवस्थापनका लागि कार्ययोजना बनाएर काम गरिरहेका छौँ ।

    यसका साथै हरियाली प्रवद्र्धनका कार्यक्रमलाई पनि निरन्तरता दिएका छौँ”, उहाँले रासससँग भन्नुभयो । यहाँ घर निर्माण गर्दा अनिवार्य रूपमा बिरुवा रोप्नुपर्ने नीति लागू गरिएको छ । नगरको हरियालीले जलवायु परिवर्तनका असर घटाउनका साथै अक्सिजन उत्पादन तथा प्रदूषण नियन्त्रणमा टेवा पुग्ने भएकाले उपमहानगरपालिकाले पार्क व्यवस्थापनलाई जोड दिएको छ । हालसम्म शीतलचिनीका करिब १५ हजार तथा राक्षवृक्ष, नीमलगायतका करिब तीन हजार बिरुवा रोपिएका छन् ।

    हरित अभियन्ता हेमन्तराज काफ्लेले विगतमा नेपालगञ्जमा अव्यवस्थित रूपमा रहेका रुख तथा बिरुवाको स्थान अहिले व्यवस्थित हरियालीले लिएको बताउनुहुन्छ । मासिएका आँपका बगैँचा र तालतलैयाको परिपूर्ति यहाँका बोटबिरुवाले गरेका उहाँको ठम्म्याइ छ । तत्कालीन ब्रिटिश–इण्डियाबाट बाँके, बर्दिया, कैलालीकञ्चनपुर जिल्ला फिर्ता पाएपछि प्रधानमन्त्री जंग बहादुर राणाले लखनउस्थित हजरतगञ्जको नमुनाका रूपमा नेपालगञ्ज बसाएको अभिलेख पाइन्छ । उहाँले सुब्बा सिद्धिमान राजभण्डारीलाई बस्ती बसाउन खटाएपछि हालको त्रिवेणीचोकदेखि दक्षिणतर्फ १०८ फिट चौडा सडकको दायाँ–बायाँ घर निर्माण गरिएको अभिलेखमा छ । अहिलेको त्रिभुवन चोकलाई सुरुमा ‘चोकबजार’ भनिन्थ्यो ।

    यही चोकबाट पूर्व–पश्चिम लाइन, इदगाह रोडलगायत क्षेत्रमा पसलकबलसहितका घर निर्माण गरेर नेपालगञ्ज सहर विस्तार गरिएको हो । यहाँको त्रिभुवन चोक नगरको मुख्य केन्द्रका रूपमा परिचित छ ।

    यो समाचारमा

    कञ्चनपुर जिल्लानेपालगञ्जबाँकेबर्दिया
    जंग बहादुर राणा5 more

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

      कुल मतदान: 0

      सम्बन्धित समाचार

      sajilo patrika

      भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

      काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

      Data is loading...

      Loading brands...

      Loading footer...