सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प

Author

सजिलो पत्रिका

२०८२ माघ १६, शुक्रबार

28
Share
Featured
  • नेपाली कांग्रेस सभापति गगनकुमार थापाले सहिद दिवसको अवसरमा अधिकार, स्वतन्त्रता र लोकतन्त्रका लागि जीवन बलिदान दिने सम्पूर्ण सहिदप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन्।
  • २००७ सालको जनक्रान्तिदेखि २०८२ सालको ‘जेनजी’ विद्रोहसम्मका आन्दोलनमा सहिदहरूको योगदानले नेपाली जनता स्वतन्त्र युगमा प्रवेश गरेको उल्लेख गर्दै सुदृढ लोकतन्त्रबाट मात्र शान्त र समुन्नत नेपाल निर्माण सम्भव हुने धारणा उनले व्यक्त गरेका छन्।
  • सहिदको त्याग, बलिदान र आदर्शलाई आत्मसात् गर्दै संविधानमा लिपिबद्ध जनअधिकारको प्रभावकारी कार्यान्वयन र सामूहिक प्रयासमार्फत ‘समुन्नत नेपाल, सम्मानित नेपाली’ लक्ष्य हासिल गर्न सबैलाई प्रेरणा मिल्ने विश्वास उनले व्यक्त गरेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली काँग्रेसका सभापति गगन थापाले सहिद दिवसको अवसरमा नेपाली जनताको अधिकार, स्वतन्त्रता र लोकतन्त्रका लागि जीवन आहुति दिने सम्पूर्ण शहीदप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन्।

एक सन्देश जारी गर्दै थापाले २००७ सालको जनक्रान्ति अघिदेखि २०८२ सालको ‘जेनजी’ विद्रोहसम्म इतिहासका विभिन्न कालखण्डमा भएका आन्दोलन तथा संघर्षमा बलिदान दिने वीर सहिदको योगदानकै कारण आज नेपाली जनता स्वतन्त्रताको युगमा सास फेर्न सक्षम भएको बताएका छन् ।

उनले सुदृढ र सबल लोकतन्त्रबाट मात्रै नेपाललाई शान्त, स्थिर र समुन्नत राष्ट्रका रूपमा रूपान्तरण गर्न सकिने धारणा व्यक्त गर्दै वीर सहिदले देखाएको त्याग, बलिदान र आदर्शलाई आत्मसात् गर्नु वर्तमान पुस्ता तथा नयाँ पुस्ताको साझा दायित्व भएको बताएका छन्।

‘सुदृढ र सबल लोकतन्त्रबाट मात्रै नेपाललाई शान्त र समुन्नत राष्ट्रका रूपमा रूपान्तरण गर्न सकिन्छ । वीर सहिदहरूले देखाउनु भएको त्याग, बलिदान र आदर्शको मार्गलाई आत्मसात् गर्दै समुन्नतिको दिशामा दृढतापूर्वक अगाडि बढ्नु हाम्रो र नवीन पुस्ताको दायित्व हो,’ उनले लेखेका छन् ।

सहिद दिवसका अवसरमा थापाले शहीदहरूको अदम्य साहस, संकल्प र आदर्शप्रति उच्च सम्मान व्यक्त गर्दै शहीदका सपना पूरा गर्ने तथा उनीहरूले देखाएको मार्गमा दृढतापूर्वक अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।

‘आज सहिद दिवसका अवसरमा उहाँहरूको अदम्य साहस, संकल्प र आदर्शप्रति उच्च सम्मान प्रकट गर्दै सहिदका सपना पूरा गर्ने र उहाँहरूले देखाएको बाटोमा हिँड्ने प्रण गर्दछौं,’ थापाले भने ।

त्यसैगरी, नेपाली कांग्रेसको नेतृत्वमा संविधानसभाबाट निर्मित संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानमा लिपिबद्ध जनअधिकारको प्रभावकारी कार्यान्वयन र समयसापेक्ष परिमार्जन आवश्यक रहेको उनले उल्लेख गरेका छन्।

स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीको सामूहिक प्रयत्नबाट ‘समुन्नत नेपाल, सम्मानित नेपाली’ को लक्ष्य हासिल गर्न सहिद दिवसले सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास उनले व्यक्त गरेका छन्।

यो समाचारमा

काठमाडौँगगन थापानेपाली काँग्रेस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...