अटोमोवाइल्समा लाग्ने अव्यवहारिक जरिवाना मिनाहा गर्न माग

Author

सजिलो पत्रिका

२०८२ माघ १५, बिहिबार

19
Share
Featured
  • जनकपुरधामका अटोमोबाइल व्यवसायीहरूले सवारी साधन नामसारी नहुँदा प्रदेश सरकारले अव्यवहारिक जरिवाना लिएको गुनासो गरेका छन्।
  • यातायात कार्यालयमा तोडफोडपछि अनलाइन नामसारी सेवा नचलेकोले प्रतिसवारी १० हजारसम्म जरिवाना तिर्नुपरेको व्यवसायीको भनाइ छ।
  • मुख्यमन्त्री कृष्ण यादवले अर्थ र यातायात मन्त्रालयसँग छलफल गरी समस्या समाधान गर्ने आश्वासन दिएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

जनकपुरधाममा अटोमोवाइल्स विक्री वितरण गर्ने व्यवसायीहरुले सवारी साधन खरीद विक्रीमा प्रदेश सरकारले अव्यवहारिक जरिवाना लिँदै आएको गुनासो गरेका छन् ।

बिहीबार मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण यादवलाई ध्यानाकर्षण पत्र बुझाउँदै उद्योग वाणिज्य संघ जनकपुरधाम तथा जनकपुरधामका अटोमोबाइल्स सोरुमका सञ्चालकहरुले प्रदेश सरकारको अव्यवहारिक जरिवाना मिनाहा गर्न माग गरे ।

जेनजी आन्दोलनका क्रममा जनकपुरधामसहित मधेश प्रदेशका विभिन्न स्थानमा रहेका यातायात व्यवस्था कार्यालयमा तोडफोड भएको थियो ।
तोडफोडपछि हालसम्म पनि यातायात व्यवस्था कार्यालयबाट हुने सम्पूर्ण कार्यहरु सुचारु हुन सकेको छैन् । कतिपय अनलाइन हुने कामहरु अहिलेसम्म सुचारु हुन नसकेको व्यवसायीहरुको गुनासो छ ।

खासगरी अनलाइन नामसारी बन्द भएकाले प्रदेश सरकारले लगाएको जरिवानाका कारण प्रतिसवारी नामसारी १० हजारसम्म जरिवाना तिर्नुपर्ने बाध्यता सृजना भएको जनकपुरधाम अटोमोबाइल्स डिलरका सदस्य कृष्ण कुमार दिक्षितले जानकारी दिए । उनका अनुसार अन्य सबै प्रदेशमा अनलाईन नामसारी सुरु भइसकेको छ । मधेश प्रदेशमा मात्र अनलाई नामसारी सुचारु नभएको उनले बताए ।

सरकारी कार्यालयको लापरबाहीका कारण सुचारु नहुनसकेको नामसारी प्रक्रियाले गर्दा सर्वसाधारण र व्यवसायीहरुलाई थप जरिवानाको भार बोक्नु परेको अटोमोबाइल्स व्यवसायीहरुको गुनासो छ ।

ध्यानाकर्षण पत्र बुझ्दै मुख्यमन्त्री यादवले अर्थ मन्त्रालय र यातायात मन्त्रालयका सचिवसंग सल्लाह गरेर उक्त समस्याको सामाधान निकाल्ने आश्वासन दिए ।

यो समाचारमा

जनकपुरकाठमाडौँमधेश प्रदेश

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...