आकस्मिक रूपमा आइपरेको निर्वाचन भएकाले फागुन २१ लाई सामान्य रूपमा बुझ्नु हुँदैन : प्रचण्ड

Author

सजिलो पत्रिका

२०८२ माघ १७, शनिबार

27
Share
Featured
  • प्रचण्डले वर्तमान निर्वाचन साधारण नभई देश संकटमा परेको असाधारण परिस्थितिमा हुन लागेको बताए।
  • जेनजी आन्दोलन र २४ भदौको घटनापछि उत्पन्न संकटबाट देशलाई निकास दिन निर्वाचनलाई प्रक्रिया मानिएको उनको भनाइ छ।
  • संकट पार गर्न नयाँ शक्ति, नयाँ एकता आवश्यक ठानेर नेपाली कम्युनिष्ट पार्टी निर्माण अघि बढाइएको र सहभागी दल २३ पुगेको उनले बताए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान निर्वाचन सामान्य नभई असाधारण परिस्थितिमा सम्पन्न हुन लागेको बताएका छन् ।

निर्वाचन विशेष कार्यक्रम तथा वृहत भेलालाई सम्बोधन गर्दै उनले देश संकटको घडीमा प्रवेश गरेको अवस्थामा यो निर्वाचन अगाडि बढेको उल्लेख गरे ।

‘हामी निर्वाचनतिर अघि बढ्दैछौं । यो कुनै नियमित वा साधारण परिस्थितिको निर्वाचन होइन,’ उनले भने, ‘असाधारण परिस्थितिमा आकस्मिक रूपमा आइपरेको निर्वाचन भएकाले यसलाई सामान्य रूपमा बुझ्न हुँदैन ।’

उनले जेनजी आन्दोलन र २४ भदौको घटनापछि देश गम्भीर संकटमा परेको भन्दै उक्त संकटबाट देशलाई बाहिर निकाल्ने प्रक्रियाका रूपमा निर्वाचन आएको बताए । प्रचण्डले निर्वाचन प्रक्रिया सफल बनाउन राष्ट्रमा नयाँ शक्ति र नयाँ एकताको आवश्यकता महसुस गरिएको बताए ।

सबै प्रकारका प्रतिक्रियावादी शक्ति तथा वैदेशिक चलखेल र षड्यन्त्रलाई परास्त गर्न नयाँ पहल आवश्यक ठानेर नेपाली कम्युनिष्ट पार्टी निर्माण प्रक्रिया अगाडि बढाइएको उनको भनाइ थियो ।

उनले भने, ‘जेनजी आन्दोलनपछि २४ भाद्रको घटनापछि देश जुन संकटमा देखा पर्यो त्यो संकटबाट पार लगाउने एउटा प्रक्रियामा हामीसमेतको सहजिकरणबाट अन्तरिम सरकारले यो निर्वाचनको बाटोबाट दुर्घटनाग्रस्त नेपाललाई बचाउने एउटा प्रयास स्वरुप यो निर्वाचन अगाडि आएको छ । यो निर्वाचन प्रक्रियालाई अगाडि बढाउनको लागि हामीले राष्ट्रमा एउटा नयाँ शक्तिको आवश्यकता, नयाँ एकताको आवश्यकता र सबै खाले प्रतिक्रियावादी र वैैदेशिक चलखेल र षडयन्त्रलाई परास्त गर्नको लागि एउटा नयाँ पहलकदमीको आवश्यकता महशुस गरेर नै हामीले नेपाली कम्युनिष्ट पार्टी निर्माणको प्रक्रिया अगाडि बढायौं । आजबाट यो संख्या २३ मा पुगेको छ ।’

उनका अनुसार उक्त प्रक्रियामा सहभागी दलहरूको संख्या हाल २३ पुगेको छ ।

यो समाचारमा

नेपाली कम्युनिष्ट पार्टीकाठमाडौँपुष्पकमल दाहाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व

    काठमाडौँप्रतिनिधिसभा सदस्यको निर्वाचनसँगै प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, नेपाली काँग्रेस दोस्रो, नेपाल कम्युनिष्ट पार्टी (एमाले) तेस्रो र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) चौथो पार्टी बनेको छ । यस पटक सीमान्तृकत समुदायको उपस्थिति कमजोर देखिएको छ । प्रत्यक्षतर्फ १६५ मध्ये जम्मा १४ जना (८.४८ प्रतिशत) छ

    Data is loading...

    Loading brands...

    Loading footer...