नेकपाको ६ बुँदे कार्ययोजना: पार्टी संरचनामा ५०% युवा–जेनजी सहभागिता सुनिश्चित गर्ने निर्णय

Author

सजिलो पत्रिका

२०८३ वैशाख १९, शनिबार

15
Share
Featured
  • नेपाली कम्युनिस्ट पार्टीले ६ बुँदे कार्ययोजना सार्वजनिक गर्दै पार्टी संरचनामा व्यापक पुनर्गठनको घोषणा गरेको छ।
  • वडादेखि केन्द्रसम्मका कमिटीमा युवा तथा जेनजीको सहभागिता ५० प्रतिशत पुर्‍याउने र नयाँ–पुराना पुस्ताको सन्तुलित नेतृत्व बनाउने निर्णय गरिएको छ।
  • संगठनात्मक समायोजन जेठ मसान्तभित्र पूरा गर्ने, मंसिरमा एकता महाधिवेशन गर्ने र कम्युनिष्ट आन्दोलन पुनर्गठन गर्ने योजना अघि सारिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली कम्युनिष्ट पार्टी
ले ६ बुँदे तत्कालीन कार्ययोजना सार्वजनिक गर्दै पार्टी संरचनामा व्यापक परिवर्तन गर्ने घोषणा गरेको छ। पार्टीको केन्द्रीय कार्यसंयोजन समितिको बैठकले पारित गरेको उक्त योजनामा संगठनात्मक सुदृढीकरणदेखि नेतृत्व पुनर्गठनसम्मका विषय समेटिएका छन्।

पार्टी प्रवक्ता प्रकाश ज्वालाका अनुसार अब वडादेखि केन्द्रसम्मका निर्वाचित सबै कमिटीमा युवा तथा ‘नव–युवा’ (जेनजी) को सहभागिता ५० प्रतिशत पुर्‍याइनेछ। अनुभवी र नयाँ पुस्ताको सन्तुलित समावेशी नेतृत्व निर्माण गर्ने उद्देश्यसहित यो निर्णय गरिएको बताइएको छ।

कार्ययोजनाअनुसार आगामी मंसिरको दोस्रो हप्ता आयोजना हुने एकता राष्ट्रिय महाधिवेशनमार्फत यो संरचनागत परिवर्तनलाई संस्थागत गरिनेछ। पार्टीले संगठनात्मक पुनर्गठनसँगै राजनीतिक तथा सांस्कृतिक स्पष्टता कायम गर्दै अघि बढ्ने जनाएको छ।

त्यसैगरी, संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि देशभक्त शक्तिहरूबीच साझा समझदारी कायम गर्ने र सडक तथा संसद् दुवै मोर्चाबाट सक्रिय भूमिका खेल्ने निर्णय गरिएको छ। कम्युनिष्ट आन्दोलनको पुनर्गठन तथा एकीकृत पार्टी निर्माणका लागि विशेष पहल गर्ने योजना पनि अघि सारिएको छ।

कार्ययोजनामा पार्टी कार्यकर्तालाई उत्पादन र श्रममा जोड्ने अभियान सञ्चालन गर्ने तथा अन्तर्राष्ट्रिय स्तरमा वैचारिक र कूटनीतिक गतिविधि विस्तार गर्ने विषय पनि समेटिएको छ। संगठनात्मक समायोजनको काम भने जेठ मसान्तभित्र पूरा गर्ने लक्ष्य राखिएको छ।

यो समाचारमा

नेपाली कम्युनिष्ट पार्टीप्रकाश ज्वालाकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...