मधेश प्रदेशमा हराउने व्यक्तिहरुको संख्या डर लाग्दो :प्रदेश प्रहरी कार्यालय

Author

सजिलो पत्रिका

२०८२ माघ १४, बुधबार

40
Share
Featured
  • मधेश प्रदेशमा पछिल्ला ६ महिनामा २,५७२ जना सम्पर्कविहीन, जसमध्ये १,५०१ जना फेला परे
  • जेनजी आन्दोलनमा ४ जनाको मृत्यु, २३४ सरकारी कार्यालयमा क्षति (करिब ५७ करोड) र प्रहरी सवारीमा २ करोडभन्दा बढी क्षति
  • ३२ निर्वाचन क्षेत्रमा २,१६० मतदान स्थलमध्ये १,२४६ अतिसंवेदनशील, अवस्था अनुसार सुरक्षा व्यवस्था तय
समाचार सारांशGenerated using AI.

काठमाडौँ

मधेश प्रदेशमा हराउने (सम्पर्कविहीन) व्यक्तिहरुको संख्यो डर लाग्दो रहेको मधेश प्रदेश प्रहरी कार्यालयले जानकारी गराएको छ ।

बुधबार (आज) जनकपुरधामस्थित मधेश प्रदेश प्रहरी कार्यालयद्वारा आयोजित पत्रकार सम्मेलनमा प्रस्तुत एक तथ्याङ्कले मधेश प्रदेशका जिल्लाहरुमा हराउने व्यक्तिहरुको संख्या बढि रहेको देखिएको छ । मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता कमल थापाका अनुसार अन्तिम ६ महिनामा मात्र मधेश प्रदेशमा दुई हजार ५७२ जना हराएका (सम्पर्कविहीन) छन् ।

जसमध्ये पुस महिनामा मात्र १४४८ जना हराएका हुन । ती हराएकाहरुमध्ये ६ महिनामा १५०१ जना फेला परेका छन् भने अन्य अझै सम्पर्कविहीन नै रहेका छन् ।

प्रवक्ता थापाले जेनजी आन्दोलनमा भएका क्षतिहरुको विवरणसमेत सार्वजनिक गरेका छन् । उनका अनुसार मधेश प्रदेशमा जेनजी आन्दोलनका क्रममा जम्मा ४ जनाको मृत्यु भएको थियो । सो आन्दोलनमा मधेश प्रदेशका जम्मा २३४ वटा सरकारी कार्यालयहरुमा क्षति भएको थियो ।

सरकारी कार्यालयहरुको कुल क्षति आंकलन ५७ करोड ३५ लाख ५२ हजार १२५ बराबरको रहेको छ । प्रवक्ता थापाका अनुसार जेनजी आन्दोलनका क्रममा प्रदेशभरिका प्रहरीको सवारी साधनहरुमा पनि क्षति पुगेको थियो । कुल आंकलन अनुसार २ करोड ६ लाख ७८ हजार ३८० रुपैयाँ बराबरको प्रहरीले प्रयोग गर्ने सवारी साधनमा क्षति भएको हो ।

प्रवक्ता थापाका अनुसार जेनजी आन्दोलनका क्रममा मधेश प्रदेशभरिका विभिन्न कारागारहरुमा रहेका १ हजार ४५ जना कैदीबन्दी फरार भएका थिए । उनीहरुमध्ये विभिन्न स्थानबाट जम्मा ५सय७९ जना पक्राउ परेका छन् भने अन्य कैदीबन्दी अझै फरार अवस्थामा रहेका छन् । जेनजी आन्दोलनकै क्रममा मधेश प्रदेशका बाल सुधार गृहरुबाट ६८ जना फरार भएका थिए । उनीहरुमध्ये २० जना पक्राउ परिसकेका छन् भने ४८ जना अझै फरार रहेको प्रवक्ता थापाले जानकारी दिए ।

प्रवक्ता थापाका अनुसार मधेश प्रदेशका ३२ निर्वाचन क्षेत्रमा जम्मा २१६० वटा मतदान स्थल रहेका छन् । ती मतदान स्थलहरुमध्ये १५९ वटा सामान्य, ७५५ संवेदनशील र १२४६ वटा मतदान स्थल अतिसंवेदनशील रहेका छन् । मधेश प्रदेश प्रहरी कार्यालयले मतदान स्थलहरुको अवस्था अनुसार सो स्थानहरुमा सुरक्षाकर्मीहरुको संख्या निर्धारण गरेको छ ।

यो समाचारमा

जनकपुरमधेश प्रदेशकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    केही क्षेत्रमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

    काठमाडौं । देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आगामी दुई दिन केही प्रदेशका पहाडी तथा तराई क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै जल तथा मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ ।महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि र पूर्वमा नेपालको तराई

    Data is loading...

    Loading brands...

    Loading footer...