विनोद चौधरीका पक्षमा खुले नवलपरासीका केही जेनजी युवा

Author

सजिलो पत्रिका

२०८२ फागुन १६, शनिबार

18
Share
Featured

काठमाडौँ

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) क्षेत्र नंम्बर १ का आम जेनजी पुस्ताका युवाहरुले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार विनोद चौधरीलाई समर्थन गर्ने जनाएका छन् । विभिन्न स्थानका युवाहरुले सार्वजनिक रुपमा आफ्नो धारणा व्यक्त गर्दै चौधरीलाई पुनः निर्वाचित गराउन आग्रह गरेका हुन्।

यस क्षेत्रका युवाहरले विनोद चौधरीको समर्थनमा र्याली आयोजना गरी चौधरीको पक्षमा भोट दिन सम्पूर्ण पश्चिम नवलपरासीवासीलाई अपील समेत गरेका छन्।

स्थानीय युवा विद्या चौधरीले यस क्षेत्रमा युवामैत्री कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन भएको बताइन्। उनका अनुसार सिजी फाउन्डेसनमार्फत सञ्चालन गरिएका विभिन्न सिपमूलक तालिमका कारण क्षेत्रका सयौं युवाहरु स्वरोजगार बन्न सफल भएका छन्। ‘युवाहरुलाई सीप र अवसर दिने नेतृत्व आवश्यक छ, त्यसका लागि हाम्रो समर्थन विनोद चौधरीलाई हो,’ उनले भनिन्।

सुस्ता क्षेत्रकी दिव्या हरिजनले चौधरी युवाहरुका लागि प्रेरणाको स्रोत भएको बताइन्। उनले देशव्यापी रुपमा रोजगारी सिर्जनामा चौधरीको योगदान उल्लेख गर्दै सक्षम र अनुभवी व्यक्तित्व राजनीतिमा आवश्यक रहेको धारणा राखिन्। ‘देशभर रोजगारी सिर्जना गर्न सक्ने नेतृत्व राजनीतिमा आउनु सकारात्मक सन्देश हो,’ उनले भनिन्।

बर्दघाटकी मनिषा महर्जनले पनि युवाहरुको आकांक्षा सम्बोधन गर्न सक्ने उम्मेदवारको रुपमा चौधरीलाई अघि सारेकी छन्। ‘उहाँ युवाहरुको आइकन हुनुहुन्छ। निजी क्षेत्रको दक्षता अब विकासमा प्रयोग गर्न दिनुपर्छ,’ उनले भनिन्।

यो समाचारमा

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)काठमाडौँविनोद चौधरीनेपाली काँग्रेस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...