नागरिकको रुचि फेरियो, प्रहरीले पनि छोटा भिडियोबाट सूचना दिँदैछ - आइजीपी कार्की

Author

सजिलो पत्रिका

२०८३ साउन ०८, शुक्रबार

14
Share1
Featured
  • प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नागरिकको सूचना ग्रहण गर्ने शैली बदलिएकाले नेपाल प्रहरीले पनि आफूलाई सोहीअनुसार परिमार्जन गरिरहेको बताएका छन्।
  • लामो समाचारभन्दा छोटा सामग्रीप्रति आकर्षण बढेकाले प्रहरीले सामाजिक सञ्जालमार्फत छोटा भिडियो क्लिप प्रयोग गरेर सूचना प्रवाह गरिरहेको छ।
  • सञ्चार माध्यमलाई राजनीति र द्वन्द्वका समाचारसँगै कृषि, पर्यटन र सकारात्मक सफलताका कथालाई पनि प्राथमिकता दिन उनले आग्रह गरेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौं । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले आम नागरिकमा सूचना ग्रहण गर्ने र अध्ययन गर्ने शैली बदलिएको भन्दै नेपाल प्रहरीले पनि सोही अनुसार आफूलाई परिमार्जन गरिरहेको बताएका छन्। शुक्रबार मेट्रो ट्राफिक एफएमको १४ औँ वार्षिकोत्सवमा बोल्दै उनले मानिसहरूमा लामो लेख वा समाचार पढ्ने रुचि घट्दै गएको र छोटो सामग्री (टिकटक जस्ता प्लेटफर्म) प्रति आकर्षण बढेको उल्लेख गरे।

महानिरीक्षक कार्कीका अनुसार प्रहरीले अहिले सामाजिक सञ्जालमार्फत छोटा र प्रभावकारी भिडियो क्लिपहरू सार्वजनिक गरी नागरिकलाई सरल ढंगले सूचना पुर्‍याउने प्रयास गरिरहेको छ। उनले सञ्चार माध्यमहरूलाई राजनीति, कुटनीति र द्वन्द्वका समाचारमा मात्र नअल्झिएर कृषि, पर्यटन र समाजका सकारात्मक एवं सिर्जनशील सफलताका कथाहरूलाई प्राथमिकता दिन आग्रह गरे। यस्ता सकारात्मक सामग्रीले समाजलाई सभ्य र उद्यमशील बनाउन मद्दत पुग्ने उनको विश्वास छ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    इच्छाकामनाका ३४ भूमिहीन परिवारले पाए लालपुर्जा

    काठमाडौं । जिल्ला भूमि समस्या समाधान समिति, चितवनले इच्छाकामना गाउँपालिकाका ३४ भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी परिवारलाई जग्गाधनी दर्ता प्रमाण–पुर्जा (लालपुर्जा) वितरण गरेको छ। लामो समयदेखि जग्गाको स्वामित्वबाट वञ्चित रहेका स्थानीयहरू लालपुर्जा प्राप्त गरेपछि कानुनी रूपमा जग्गाधनी बनेका छन्।यसैगरी, आजै झापाको कनकाई नगरपालिकामा पनि पाँच भूमिहीन दलित तथा

    Data is loading...

    Loading brands...

    Loading footer...