बाढीपहिरोले देशभरका ११ प्रमुख राजमार्ग अवरुद्ध

Author

सजिलो पत्रिका

२०८३ साउन ०७, बिहिबार

20
Share1
Featured
  • अविरल वर्षापछि आएको बाढीपहिरोका कारण देशभरका ११ प्रमुख राजमार्ग बिहीबार बिहानसम्म पूर्ण रूपमा अवरुद्ध भएका छन्।
  • मेची, बीपी, अरनिको, मध्यपहाडी राजमार्ग, कालीगण्डकी करिडोर लगायतका सडक बन्द छन् भने भोजपुर र डडेल्धुराका केही सडक एकतर्फी सञ्चालनमा छन्।
  • प्रहरीले वर्षा जारी रहेकाले यात्रा अघि सडकको अवस्था बुझेर मात्र यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौं । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण बिहीबार बिहानसम्म देशभरका ११ प्रमुख राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध भएका छन्। नेपाल प्रहरीका अनुसार कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा यातायात ठप्प भएको हो।

अवरुद्ध हुनेहरूमा मेची राजमार्ग (इलाम), मध्यपहाडी राजमार्ग (खोटाङ), बीपी राजमार्ग (सिन्धुली र काभ्रे), अरनिको राजमार्ग (सिन्धुपाल्चोक), कान्तिलोकपथ (मकवानपुर), र कालीगण्डकी करिडोर (बागलुङ) लगायत रहेका छन्। यस्तै, बेसीँशहर–मनाङ, बेनी–जोमसोम र भेरी करिडोर पनि पूर्ण रूपमा बन्द छन्। भोजपुर र डडेल्धुराका केही सडक खण्डहरू भने एकतर्फी मात्र सञ्चालनमा छन्।

प्रहरीले वर्षा जारी रहेकाले बाढी र पहिरोको जोखिम कायमै रहेको जनाएको छ। सडकको अवस्थाबारे नजिकको प्रहरी कार्यालयमा जानकारी लिएर मात्र यात्रा तय गर्न प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ।

यो समाचारमा

सुदूरपश्चिम प्रदेशकोशी प्रदेशगण्डकी प्रदेशनेपाल प्रहरी
बागमती प्रदेश4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

    काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैंठकले आर्थिक ऐन २०८३ को दफा १८ को उपदफा १ बमोजिम शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने निर्णय गरेको हो । अर्थमन्त्री डा. स्वर्णिम

    Data is loading...

    Loading brands...

    Loading footer...