मकवानपुर प्रशासनको एकद्वार सेवा सुरु

Author

सजिलो पत्रिका

२०८३ साउन ०८, शुक्रबार

12
Share1
Featured
  • जिल्ला प्रशासन कार्यालय मकवानपुरले सबै सेवा एकद्वार प्रणालीबाट प्रदान गर्न सुरु गरेको छ।
  • सेवाग्राहीलाई एकै ठाउँबाट सेवा, निःशुल्क फाराम भर्ने सुविधा तथा असक्त, ज्येष्ठ नागरिक र गर्भवतीलाई प्राथमिकता दिइने व्यवस्था गरिएको छ।
  • गत आर्थिक वर्षको अन्तिम त्रैमासमा कार्यालयले ४,००८ नयाँ नागरिकता सहित विभिन्न नागरिकता सेवा प्रदान गरेको जनाएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, मकवानपुरले कार्यालयबाट प्रदान गरिने सबै सेवा एकद्वार प्रणालीबाट दिन सुरु गरेको छ । राज्यबाट आम जनतालाई प्रदान गरिने सेवा प्रवाहलाई प्रभावकारी बनाउने लक्ष्यका साथ एकै ठाउँबाट सेवा लिन सक्ने व्यवस्था मिलाइएको सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए ।

“जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने सबै सेवाका लागि अब सेवाग्राहीले कोठाकोठा धाउनुपर्ने अवस्था अन्त्य गरेका छौँ”, उनले भने, “सेवाग्राहीले एकै ठाउँबाट आफ्नो काम सम्पन्न गरी फर्कन सक्ने व्यवस्था मिलाइएको छ ।”

कार्यालयले सहायता कक्षमार्फत् कर्मचारीलाई आलोपालो खटाइ सेवाग्राहीको जिज्ञासा तथा गुनासो सम्बोधन, विषयगतरुपमा सेवा प्रदान गर्ने फाँटबारे जानकारी, सेवाग्राहीले भर्नुपर्ने फाराम तथा लेख्नुपर्र्ने निवेदन लेख्न सहजीकरण गर्दै आएको छ ।

असक्त, अपाङ्ग, ज्येष्ठ नागरिक, गर्भवती महिलालाई प्राथमिकताका साथ छिटो सेवा उपलब्ध गराउन नागरिक सहायता कक्ष स्थापना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी जोशीले बताए ।

राहदानी, राष्ट्रिय परिचयपत्र एवम् अन्य सेवा लिन आउने सेवाग्राहीको लागि नागरिक सहायता कक्षबाट निःशुल्क रूपमा फाराम भर्ने व्यवस्था तथा राहदानी बनाउन आवेदन गर्ने सम्बन्धित सेवाग्राहीको घरमै पुगी राहदानी वितरण गर्ने कार्यको समेत थालनी समेत गरेको छ ।

गत आर्थिक वर्ष २०८२/०८३ को पछिल्लो त्रैमासिक अवधिमा जिल्ला प्रशासन कार्यालयले वंशजको आधारमा चार हजार आठ जनालाई नयाँ नागरिकता, सात जनालाई वैवाहिक अङ्गीकृत नागरिकता, १० जनालाई अङ्गीकृत नागरिकता, नौ जनालाई गैरआवासीय नागरिकताका साथै तीन हजार १७६ प्रतिलिपि नागरिकता उपलब्ध गराएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नयाँ पुस्तालाई सामाजिक सञ्जालको 'अफिम' खुवाएर लठ्ठ पारियो- प्रचण्ड

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेपाल (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ पुस्तामा वैचारिक स्कुलिङको निरन्तरता दिन नसक्दा कम्युनिस्ट आन्दोलन कमजोर भएको स्वीकार गरेका छन्। शुक्रबार पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजित विचार गोष्ठीमा बोल्दै प्रचण्डले कम्युनिस्ट शक्तिहरू सरकार गठन र सत्ता समीकरणको रणनीतिमा मात्र अल्मलिँदा ठूलो गल्ती भएको

    Data is loading...

    Loading brands...

    Loading footer...