निर्यातजन्य उद्योगका समस्या समाधान गर्न प्रधानमन्त्री बालेन शाहको प्रतिबद्धता

Author

सजिलो पत्रिका

२०८३ साउन ०८, शुक्रबार

18
Share1
Featured
  • प्रधानमन्त्री बालेन शाहले निर्यातजन्य उद्योगका समस्या समाधान र निर्यात प्रवर्द्धनका लागि नीतिगत सुधार गर्ने प्रतिबद्धता जनाएका छन्।
  • प्लाइउड निर्यात सहज बनाउन आवश्यक कार्यविधि तत्काल तयार गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
  • गलैंचा निर्यातमा देखिएको प्राविधिक प्रमाणीकरण समस्या समाधान गर्न सम्बन्धित निकायलाई तत्काल पहल गर्न निर्देशन दिएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपालका प्रमुख निर्यातजन्य उद्योगहरूले भोगिरहेका समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन्। शुक्रबार सिंहदरबारमा निर्यातजन्य उद्योगी तथा व्यवसायीहरूसँगको छलफलमा उनले निर्यात प्रवर्द्धनका लागि आवश्यक नीतिगत सुधार र प्रक्रियागत गाँठो फुकाउन सरकार तयार रहेको बताए।

छलफलका क्रममा नेपाल प्लाइउड उत्पादक सङ्घका अध्यक्ष होमप्रसाद घिमिरेले कच्चा पदार्थको उपलब्धता र गुणस्तर मापदण्डका समस्याबारे जानकारी गराएका थिए। प्रधानमन्त्री शाहले प्लाइउडका ढोका र काठ निर्यातका लागि आवश्यक कार्यविधि तुरुन्त बनाएर काम अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

त्यस्तै, नेपाल गलैंचा उत्पादक तथा निर्यातकर्ता सङ्घका अध्यक्ष बलराम गुरुङले अमेरिका निर्यातमा देखिएको 'उपभोक्ता सुरक्षा प्रमाणीकरण' सम्बन्धी प्राविधिक समस्याबारे अवगत गराएका थिए। नेपालमा परीक्षण प्रविधि नहुँदा गलैंचा निर्यातमा परेको असरबारे जानकारी पाएपछि प्रधानमन्त्रीले तत्कालै सम्बन्धित निकायलाई फोन गरेर समस्या समाधानका लागि निर्देशन दिएका छन्। प्रधानमन्त्रीले निर्यात प्रवर्द्धनका चुनौतीहरूलाई सचिवालयमार्फत सम्बोधन गर्ने आश्वासन समेत दिएका छन्।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नयाँ पुस्तालाई सामाजिक सञ्जालको 'अफिम' खुवाएर लठ्ठ पारियो- प्रचण्ड

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेपाल (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ पुस्तामा वैचारिक स्कुलिङको निरन्तरता दिन नसक्दा कम्युनिस्ट आन्दोलन कमजोर भएको स्वीकार गरेका छन्। शुक्रबार पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजित विचार गोष्ठीमा बोल्दै प्रचण्डले कम्युनिस्ट शक्तिहरू सरकार गठन र सत्ता समीकरणको रणनीतिमा मात्र अल्मलिँदा ठूलो गल्ती भएको

    Data is loading...

    Loading brands...

    Loading footer...