रौतहटमा खुकुरी प्रहार गरी महिलाको हत्या

Author

सजिलो पत्रिका

२०८३ साउन ०८, शुक्रबार

12
Share1
Featured
  • रौतहटको गुजरा–५ मा रेनुदेवी जयसवालको खुकुरी प्रहार गरी हत्या गरिएको छ।
  • हत्या आरोपित उपेन्द्र साह कलवार भाग्न खोज्दा स्थानीयले नियन्त्रणमा लिएर कुटपिट गरेका छन्।
  • घाइते आरोपितको उपचार भइरहेको छ भने प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौं । रौतहटको गुजरा नगरपालिका–५ हरिहरपुरमा एक महिलाको खुकुरी प्रहार गरी विभत्स हत्या गरिएको छ। स्थानीय ४५ वर्षीया रेनुदेवी जयसवालको उनकै घरमा डेरा गरी बस्ने ३५ वर्षीय उपेन्द्र साह कलवारले घाँटीमा खुकुरी प्रहार गरी हत्या गरेका हुन्।

रौतहट प्रहरीका अनुसार बाराको करैयामाई गाउँपालिका–८ घर भएका उपेन्द्रले विवादका क्रममा रेनुमाथि खुकुरी प्रहार गरेका थिए। हत्यापछि भाग्न खोजेका उपेन्द्रलाई आक्रोशित स्थानीयले नियन्त्रणमा लिएर निर्घात कुटपिट गरेका छन्।

स्थानीयको कुटाइबाट गम्भीर घाइते भएका उपेन्द्रलाई उपचारका लागि सुरुमा चन्द्रपुर अस्पताल लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल पठाइएको प्रहरी प्रवक्ता डीएसपी बसन्त गौतमले जानकारी दिए। प्रहरीले घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

यो समाचारमा

गुजरा नगरपालिकारौतहट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नयाँ पुस्तालाई सामाजिक सञ्जालको 'अफिम' खुवाएर लठ्ठ पारियो- प्रचण्ड

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेपाल (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ पुस्तामा वैचारिक स्कुलिङको निरन्तरता दिन नसक्दा कम्युनिस्ट आन्दोलन कमजोर भएको स्वीकार गरेका छन्। शुक्रबार पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजित विचार गोष्ठीमा बोल्दै प्रचण्डले कम्युनिस्ट शक्तिहरू सरकार गठन र सत्ता समीकरणको रणनीतिमा मात्र अल्मलिँदा ठूलो गल्ती भएको

    Data is loading...

    Loading brands...

    Loading footer...