नयाँ पुस्तालाई सामाजिक सञ्जालको 'अफिम' खुवाएर लठ्ठ पारियो- प्रचण्ड

Author

सजिलो पत्रिका

२०८३ साउन ०८, शुक्रबार

10
Share1
Featured
  • प्रचण्डले नयाँ पुस्तामा वैचारिक स्कुलिङको कमीका कारण कम्युनिस्ट आन्दोलन कमजोर भएको स्वीकार गरेका छन्।
  • उनले सामाजिक सञ्जालको एल्गोरिदममार्फत जनतालाई भ्रमित गरिएको दाबी गर्दै त्यसविरुद्ध वैचारिक अभियान आवश्यक रहेको बताएका छन्।
  • दिगो आधारबिना वाम एकता सम्भव नहुने र भूराजनीतिक तथा वैचारिक चुनौतीप्रति सचेत हुनुपर्नेमा उनले जोड दिएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेपाल (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ पुस्तामा वैचारिक स्कुलिङको निरन्तरता दिन नसक्दा कम्युनिस्ट आन्दोलन कमजोर भएको स्वीकार गरेका छन्। शुक्रबार पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजित विचार गोष्ठीमा बोल्दै प्रचण्डले कम्युनिस्ट शक्तिहरू सरकार गठन र सत्ता समीकरणको रणनीतिमा मात्र अल्मलिँदा ठूलो गल्ती भएको बताए।

प्रचण्डले विदेशी शक्तिहरूले विगत २० वर्षदेखि नेपाली जनतालाई भ्रममा पार्ने योजना बनाएको तर कम्युनिस्टहरूले त्यसलाई समयमै चिन्न नसकेको टिप्पणी गरे। "हामी जनताको बीचमा गइराख्नुपर्ने र उनीहरूलाई आन्दोलित गरिराख्नुपर्ने मुख्य कामबाट विमुख भयौँ, त्यहीँ हाम्रो कमजोरी भयो," उनले भने।

चिनियाँ इतिहासको 'अफिम युद्ध' को उदाहरण दिँदै प्रचण्डले अहिले सामाजिक सञ्जालको 'एल्गोरिदम म्यानिपुलेसन' मार्फत नेपाली जनतालाई लठ्ठ पारिएको दाबी गरे। उनले यसलाई चिर्न अब कम्युनिस्टहरूले पनि वैचारिक अभियान चलाउनुपर्नेमा जोड दिए। साथै, दिगोपनको सुनिश्चितता बिना वाम एकता सम्भव नभएको उनको भनाइ थियो। उनले भूराजनीतिक संकट र वैचारिक विचलनका विरुद्ध सबै वामपन्थी शक्तिहरू चनाखो हुनुपर्ने आवश्यकता औँल्याए।

यो समाचारमा

नेपाल कम्युनिस्ट पार्टी नेपालपुष्पकमल दाहाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    रौतहटमा खुकुरी प्रहार गरी महिलाको हत्या

    काठमाडौं । रौतहटको गुजरा नगरपालिका–५ हरिहरपुरमा एक महिलाको खुकुरी प्रहार गरी विभत्स हत्या गरिएको छ। स्थानीय ४५ वर्षीया रेनुदेवी जयसवालको उनकै घरमा डेरा गरी बस्ने ३५ वर्षीय उपेन्द्र साह कलवारले घाँटीमा खुकुरी प्रहार गरी हत्या गरेका हुन्।रौतहट प्रहरीका अनुसार बाराको करैयामाई गाउँपालिका–८ घर भएका उपेन्द्रले विवादका क्रममा रेनुमाथि खुकुरी प्रहार

    Data is loading...

    Loading brands...

    Loading footer...