सेयरबजारमा १४ अंकको गिरावट, दुई कम्पनीमा सकारात्मक सर्किट

Author

सजिलो पत्रिका

२०८३ असार १०, बुधबार

6
Share
Featured
  • बुधबार नेप्से परिसूचक १४.४५ अंकले घटेर २६६०.०२ विन्दुमा पुगेको छ।
  • बजार घटे पनि टक्सार पिखुवा खोला र याम्बलिङ हाइड्रोपावरको सेयरमा १५% सकारात्मक सर्किट लागेको छ।
  • ३३८ कम्पनीको ४ अर्ब ४१ करोड रुपैयाँभन्दा बढीको कारोबार हुँदा आखुँखोला जलविद्युत् सबैभन्दा बढी कारोबार हुने कम्पनी बन्यो।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

साताको कारोबारको तेस्रो दिन बुधबार सेयरबजारमा गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १४.४५ अंकले घटेर २६६०.०२ विन्दुमा पुगेको छ। आज कारोबार भएका १३ उपसमूहमध्ये ११ वटाको सेयरमूल्य घटेको छ भने केवल २ वटा उपसमूहको मूल्यमा वृद्धि भएको छ।

बजार घटे पनि टक्सार पिखुवा खोला र याम्बलिङ हाइड्रोपावरका लगानीकर्ताले १५ प्रतिशत नाफा कमाउँदै सकारात्मक सर्किट लगाएका छन्। यता सोपान फर्मास्युटिकल्सका लगानीकर्ताले सबैभन्दा बढी ५.०५ प्रतिशत गुमाएका छन्।

कारोबार रकमका आधारमा आज आखुँखोला जलविद्युत् कम्पनी शीर्ष स्थानमा रह्यो, जसको २९ करोड ६२ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भयो। नेप्सेका अनुसार आज ३३८ कम्पनीको १ करोड ७ लाख ७७ हजार कित्ता सेयर किनबेच हुँदा कुल ४ अर्ब ४१ करोड ८६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

यो समाचारमा

नेपाल स्टक एक्सचेन्जकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    एमएडब्लुले ल्यायो बालकुमारीमा अत्याधुनिक इभी वर्कसप सञ्चालनमा

    काठमाडौँ।नेपालका लागि दिपल, नामी र सेरेस इभीको आधिकारिक आयातकर्ता एमएडब्लु वृद्धिले ललितपुरको बालकुमारीमा नयाँ अत्याधुनिक इभी वर्कसप सञ्चालनमा ल्याएको छ। एमएडब्लु ग्रुपकी अध्यक्ष शान्ति देवी अग्रवाल, एमएडब्लु वृद्धिका अध्यक्ष विष्णु कुमार अग्रवाल, प्रबन्ध निर्देशक विवेक सिकारिया र डोङफेङ मोटर्सका प्रतिनिधिहरूले संयुक्त रूपमा वर्कसपको उद्घाटन गरेका हुन्।१५ हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको

    Data is loading...

    Loading brands...

    Loading footer...