सुनको मूल्यमा प्रतितोला १४ सयको वृद्धि, चाँदी पनि महँगियो

Author

सजिलो पत्रिका

२०८३ असार ०८, सोमबार

7
Share
Featured
  • स्थानीय बजारमा सुनको मूल्य प्रतितोला १,४०० रुपैयाँले बढेर २ लाख ८८ हजार ७०० रुपैयाँ पुगेको छ।
  • चाँदीको मूल्य पनि प्रतितोला ४० रुपैयाँले वृद्धि भई ४ हजार ७३० रुपैयाँ कायम भएको छ।
  • अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेर प्रतिऔँस ४,१८८ अमेरिकी डलर पुगेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

स्थानीय बजारमा आज (सोमबार) सुन र चाँदी दुवै बहुमूल्य धातुको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला १ हजार ४०० रुपैयाँले बढेको छ।

आजका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ७०० रुपैयाँ निर्धारण गरिएको छ। आइतबार सुन प्रतितोला २ लाख ८७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ४० रुपैयाँले बढेर ४ हजार ७३० रुपैयाँ पुगेको छ। आइतबार चाँदी प्रतितोला ४ हजार ६९० रुपैयाँमा खरिद-बिक्री भएको थियो। अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य बढेर प्रतिऔँस ४ हजार १८८ अमेरिकी डलर पुगेको महासङ्घले जनाएको छ।

यो समाचारमा

काठमाडौँसुनचाँदी ब्यवसायी महासंघ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नेप्सेमा २६ अंकको गिरावट, ४ अर्ब ३६ करोडको कारोबार

     काठमाडौँ। साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २६.१६ अंकले घटेर २६७४.४८ विन्दुमा बन्द भएको छ। लगानीकर्ताको बिक्री दबाबका कारण बजार ०.९६ प्रतिशतले ओरालो लागेको हो।आज कारोबार भएका ३५३ कम्पनीमध्ये २३९ कम्पनीको सेयर मूल्य घटेको छ भने २२ कम्पनीको मात्रै मूल्य बढेको छ। ११ कम्पनीको मूल्य स्थिर रहँदा

    Data is loading...

    Loading brands...

    Loading footer...