काठमाडौँ।
नेपालका लागि दिपल, नामी र सेरेस इभीको आधिकारिक आयातकर्ता एमएडब्लु वृद्धिले ललितपुरको बालकुमारीमा नयाँ अत्याधुनिक इभी वर्कसप सञ्चालनमा ल्याएको छ। एमएडब्लु ग्रुपकी अध्यक्ष शान्ति देवी अग्रवाल, एमएडब्लु वृद्धिका अध्यक्ष विष्णु कुमार अग्रवाल, प्रबन्ध निर्देशक विवेक सिकारिया र डोङफेङ मोटर्सका प्रतिनिधिहरूले संयुक्त रूपमा वर्कसपको उद्घाटन गरेका हुन्।
१५ हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको यस वर्कसपमा ९ वटा 'डेडिकेटेड सर्भिस बे' र अत्याधुनिक 'इभी ब्याट्री डायग्नोस्टिक सिस्टम' रहेको छ। २४ जना प्रमाणित इभी प्राविधिकहरू रहेको यस सेन्टरले दैनिक ३६ भन्दा बढी सवारीसाधनलाई सेवा दिने क्षमता राख्दछ। वर्कसपमा स्पेयर पार्टस भण्डार, तालिम कक्ष र ग्राहक प्रतिक्षालयको समेत व्यवस्था गरिएको छ।

ग्राहकको सुविधाका लागि यस सेन्टरले काठमाडौं उपत्यकाभित्र 'पिकअप एन्ड ड्रप अफ' सेवा, फास्ट ट्रयाक सर्भिस, २४सै घण्टा 'ब्रेक डाउन असिस्टेन्स' र डेडिकेटेड सर्भिस हटलाइन जस्ता सुविधाहरू प्रदान गर्ने कम्पनीले जनाएको छ। एमएडब्लु वृद्धिले यस वर्कसपमार्फत आफ्ना ग्राहकलाई विश्वस्तरीय 'प्रिमियम वनरसिप एक्सपिरियन्स' दिने प्रतिबद्धता व्यक्त गरेको छ।