काठमाडौँ।
साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य गिरावट आएको छ। नेप्से परिसूचक १.४६ अंकले घटेर २७००.६५ विन्दुमा बन्द भएको छ।
यस दिन कारोबार रकममा पनि केही कमी आएको छ। ३५३ कम्पनीका ८१ लाख ३८ हजार कित्ता सेयर ४ अर्ब ४४ करोड ६५ लाख रुपैयाँमा किनबेच भएको छ। १३ उपसमूहमध्ये वित्तसहित ३ उपसमूहको सूचक बढ्दा जीवन बीमासहित १० उपसमूहको सूचक घटेको छ।
बजार घटे पनि भर्खरै सूचीकृत भई कारोबारमा आएका टक्सार पिखुवा खोला हाइड्रोपावर र याम्बालिङ हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै, सप्तकोशी डेभलपमेन्ट बैंकको मूल्य साढे ७ प्रतिशतले बढेको छ। कारोबार रकमका आधारमा सोपान फर्मास्युटिकल्स ३७ करोड ४४ लाख रुपैयाँसहित शीर्ष स्थानमा रह्यो भने एनआरएन इन्फ्रास्ट्रक्चरको ३० करोडभन्दा बढीको सेयर कारोबार भयो।