नेप्सेमा २६ अंकको गिरावट, ४ अर्ब ३६ करोडको कारोबार

Author

सजिलो पत्रिका

२०८३ असार ०९, मङ्गलबार

4
Share
Featured
  • नेप्से परिसूचक सोमबार २६.१६ अंकले घटेर २६७४.४८ विन्दुमा बन्द भएको छ।
  • ३५३ कम्पनीमध्ये अधिकांशको सेयर मूल्य घट्दा बजार ०.९६ प्रतिशतले ओरालो लागेको छ।
  • कुल ४ अर्ब ३६ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको दिन दुई कम्पनीमा सकारात्मक र एकमा नकारात्मक सर्किट लागेको छ।
समाचार सारांशGenerated using AI.

 काठमाडौँ। 

साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २६.१६ अंकले घटेर २६७४.४८ विन्दुमा बन्द भएको छ। लगानीकर्ताको बिक्री दबाबका कारण बजार ०.९६ प्रतिशतले ओरालो लागेको हो।

आज कारोबार भएका ३५३ कम्पनीमध्ये २३९ कम्पनीको सेयर मूल्य घटेको छ भने २२ कम्पनीको मात्रै मूल्य बढेको छ। ११ कम्पनीको मूल्य स्थिर रहँदा १३ मध्ये १२ उपसूचक राताम्य बनेका छन्। बजारको संवेदनशीलता मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २.३१ अंकले घटेर ४६१.४८ विन्दुमा झरेको छ।

परिसूचकसँगै कारोबार रकममा पनि सामान्य कमी आएको छ। आज १ करोड ४० लाख कित्ता सेयर ७२ हजार ८५४ पटक खरिद–बिक्री हुँदा ४ अर्ब ३६ करोड २१ लाख ९४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। बजारमा उतारचढावका बीच दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने एक कम्पनीको मूल्यमा नकारात्मक सर्किट लागेको छ।

यो समाचारमा

नेपाल स्टक एक्सचेन्जकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सुनको भाउ तोलामा १६ सय रुपैयाँले घट्यो

    काठमाडौँ।नेपाली बजारमा मंगलबार सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा सुनको भाउ तोलामा १६ सय रुपैयाँले घटेको हो।हिजो प्रतितोला २ लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ८७ हजार १ सय रुपैयाँ कायम भएको छ। सुनसँगै चाँदीको मूल्य पनि

    Data is loading...

    Loading brands...

    Loading footer...